छेटौ गोल्डेन बुट मेसीका लागि पक्का

काठमाडाैं । स्पेनिस फुटबल क्लब बार्सिलाेनाबाट व्यवसायिक फुटबल खेल्दै अाएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले युराेपियन गाेल्डेन बुट जित्ने पक्का भएकाे छ । उनले यसपटक पनि सबैभन्दा बढी गाेल गरेर लगातार तेस्रो वर्ष युरोपियन गाेल्डेन बुट जित्ने पक्का भएकाे हाे । याेसँगै समग्रमा उनले छैटाै गाेल्डेन बुट जित्नेछन् ।

मेसीलार्इ फ्रान्सेली क्लब पिएसजीका स्ट्राइकर केलियन एमबाप्पेले पछ्याएका थिए । एमबाप्पेकाे एक खेल बाँकी रहेका कारण उनले अझै मेस्सीलाइ उछिन्न सक्ने चर्चा गरिएकाे थियाे । तर, एमबाप्पेले शुक्रबार राति भएकाे अन्तिम खेलमा चर्चा गरे अनुसार गाेल गर्न सकेनन । जसका कारण अब मेसी नै सर्वाधिक गाेलकर्ताकाे सूचीमा नम्बर एकमा परे ।

युरोपका शीर्ष पाँच लिगमा सबैभन्दा बढि गोल गरेका मेस्सीले याे सिजन बार्सिलोनाका लागि ला लिगामा ३६ गोल गरेका छन् । त्यसैगरी दोस्रो स्थानमा रहेका पिएसजीका एमबाप्पेले ३३ गाेल गरेका छन् । उनले शुक्रबार राति पाँच गाेल गरेकाे खण्डमा गाेल्डेन बुट उनले पाउने चर्चा रहेकाे थियाे । तर उनले शुक्रबार राति भएको रिम्ससँगको खेलमा एउटा मात्र गोल गरे । साथै याे खेलमा पिएसजी ३–१ ले पराजित समेत भयो ।

मेस्सीको टिम बार्सिलोनाले शनिबार राति कोपा डेल रे फुटबलको फाइनलमा भ्यालेन्सियासँग खेल्दैछ । लगातार तेस्रो सिजन युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्ने मेस्सी पहिलो खेलाडी हुन् ।

Loading...