काठमाडौं, २ जेठ । सम्पर्कविहीन बनेको मकालु एयरको विमान बाजुरामा भेटिएको छ । सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरिएको उनले बताए । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । बुधबार बिहान […]
मुख्य समाचार
विद्यार्थी दिवसमा अखिल क्रान्तिकारीले भन्यो: राष्ट्रघाती अरुण-३ सम्झौता खारेज गर
काठमाडौं, २ जेठ । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)को ५४औं विद्यार्थी दिवस मनाउने क्रममा विशाल र्याली शुरु भएको छ । भारतीय दूतावास रहेको राजधानीको लैनचौरको खेलमैदानबाट सुरु भएको रयाली दरबार संग्रहलयको उत्तरगेट, नागपोखरी दरबार मार्ग पुगेको छ । र्यालीको नेतृत्वमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले गरेका छन् । र्यालीमा हजारौं विद्यार्थीहरु सहभागी […]
हप्तादिन नपुग्दै बन्द भयो ओली र मोदीले सुरु गरेको जनकपुर-अयोध्या बस सेवा
काठमाडौँ, २ जेठ । निकै हल्लाखल्ला र एउटै पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बस सेवा बन्द भएको छ । मोदीको नेपाल भ्रमणको पहिलो दिन जनकपुरमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा उद्घाटन गरेका थिए । दुबै देशका झण्डा फहराउँदै जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको धार्मिक […]
नेकपा भक्तपुर सेक्रेटरी अपहरण शैलीमा गिरफ्तार
काठमाडौँ, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ । बोगटीलाई मंगलबार दिउँसो बागबजारबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेर बेपत्ता पारेको नेकपा भक्तपुरले जनाएको छ । तर प्राप्त जानकारी अनुसार गिरफ्तारपछि उनलाई काठमाडौं जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको बुझिएको छ । कालिकोटको रुप्सा घर भएका बोगटीलाई किन गिरफ्तार गरिएको […]
अखिल क्रान्तिकारीद्वारा राजधानीमा विशाल प्रदर्शन, वैज्ञानिक शिक्षाका लागि बलिदान गर्न तयार रहेको उदघोष
काठमाडौं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अाज राजधानीमा विशाल प्रदर्शन गरेकाे छ । ५४ अाैं विद्यार्थी दिवसकाे अवसरमा क्रान्तिकारीले विशाल र्यालीसहित प्रदर्शन गरेकाे हाे । र्यालीपछि क्रान्तिकारील लैनचाैरमा अायाेजना गरेकाे सभामा बाेल्दै नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं जनपरिषद् केन्द्रका प्रमुख सन्तोष बुढाले वर्तमान ‘दलाल संसदीय राज्यसत्ता’बाट […]
राष्ट्रिय झण्डा बिगार्ने प्रदेश २ का सचिवलार्इ केन्द्रीय मन्त्री लालबाबुले सोधे यस्तो कडा स्पष्टिकरण
काठमाडौं, १ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंहलाई तीनदिने स्पष्टिकरण सोधेका छन् । मन्त्री पण्डितले सचिव सिंहसहितका पदाधिकारीलाई सोमबार तीन दिने स्पष्टीकरण सोधेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सिंह, २ नम्बर […]
मोदीले लगाए अर्को नाकाबन्दी, कच्चापदार्थ रोकेपछि नेपाली सेनाकै उत्पादन बन्द
काठमाडाैं । भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ । कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको हो । काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका […]
अस्ताए नेपाली फुटबलका मणी, स्तब्ध बन्यो खेल जगत
काठमाडौं, १ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए । […]
कुलमानले गरे आजबाट लोडसेडिङ पूर्ण रुपमा अन्त्यको घोषणा
काठमाडाैं, ३१ बैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अाजबाट लाेडसेडिङ पूर्ण रुपमा अन्त्य हुने जानकारी दिएका छन् । उनले १५ वर्षदेखि लगाइदै अाएकाे लाेडसेडिङ आजबाट अब कहिल्यै नहुने बताएका छन् । घिसिङले औद्योगिक क्षेत्रमा अाजैदेखि पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरिने र बाँकी क्षेत्रमा पनि छिट्टै पूर्ण रुपमा लाेडसेडिङ अन्त्य गरिने बताए । […]
चीनले तीन देशलार्इ जोड्ने विश्वकै सबैभन्दा लामो अर्को समुन्द्री पूल बनायो
एजेन्सी । चीनले संसारकै सबैभन्दा लामो समुद्री पुल बनाएको छ । २० विलियन लागतमा चीनले ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुल निर्माण गरेको हो। यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ। अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ। पुलमा दैनिक चार हजार सवारी गुड्ने अनुमान गरिएको छ। जसमा १० मिनेटको फरकमा […]











