भारतीय लोकसभा निर्वाचनका आइकन बनेका कन्हैया कुमार अन्तत: पराजित

काठमाडाैं । भारतीय लाेकसभा निर्वाचनका क्रममा सबैभन्दा बढी चर्चामा रहेका कन्हैया कुमार पराजित भएका छन् ।

भारत बिहारकाे बेगुसराइमा भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका कन्हैया भारतीय जनता पार्टी गिरिराज सिंहबाट पराजित भएका हुन् । कन्हैयाले मुस्लिम र अल्पसंख्यक समुदायबाट भाेट पाए पनि उनकै भूमिहार समुदायबाट भने कम भाेट पाएकाे भारतीय मिडियाहरुले विश्लेषण गरेका छन् ।

जित निश्चित भएपछि भाजपाका केन्द्रीय मन्त्री गिरिराज सिंहले ‘प्रधानमन्त्री मोदीले गरेकाे विकासकै कारण भाजपाले जितेकाे’ बताएका छन् । 

कन्हैया कुमारले २ लाख ६९ हजार  ९ सय ७६ भाेट प्राप्त गरेका छन भने उनलाइ पराजित गर्ने भाजपाका गिरिराज सिंहले ६ लाख ९२ हजार १ सय ९३ भाेट पाएका छन् । त्यसैगरी बेगुसराइबाट चुनाव लडेका भारतीय नेशनल कांग्रेसका उम्मेदवार तनवीर हसनले १ लाख ९८ हजार २ सय ३३ भाेट पाएर तेस्राे स्थानमा परेका छन् । उक्त चुनाव क्षेत्रबाट ४ जना स्वतन्त्र उम्मेदवार समेत गरेर १० जना उम्मेदवार यस चुनावमा रहेका थिए ।

बेगुसराइमा १२ लाख २५ हजार ५ सय ९४ भाेट खसेकाे बताइएकाे छ । कन्हैयाले पाएकाे भाेट कूल खसेकाे भाेटकाे २२.०३ प्रतिशत हाे भने गिरिराज सिंहले पाएकाे भाेट कूल खसेकाे भाेटकाे ५६.४८ प्रतिशत भाेट हाे । त्यस्तै तेस्राे स्थानमा परेका तनविर हसनले कूल खसेकाे मतकाे १६.१७ प्रतिशत भाेट पाएका हुन् । 

 

Loading...