कांग्रेस अध्यक्ष राहुल गान्धी पनि पराजित

काठमाडाैं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी निर्वाचनमा पराजित भएका छन् । उनी भारतकाे अमेठीबाट उम्मेदवार बनेका थिए ।

अमेठीमा राहुल गान्धीका विरुद्ध भारतीय जनता पार्टीले केन्द्रीय मन्त्री स्मृति इरानीलाइ उम्मेदवार बनाएकाे थियाे । लामाे समयदेखि याे क्षेत्रबाट कांग्रेसले जित्दै आएकाे थियाे । राहुलकी अामा साेनीया गान्धी विजयी भएकाे याे क्षेत्रमा उनले छाेरा राहुललाइ याे क्षेत्र छाेडेकी थिइन । राहुल अमेठीबाट तीन पटक निर्वाचन जितेका थिए । तर, यसपटक भारतमा भाजपाका पक्षमा उर्लिएकाे लहरसँगै राहुल गान्धी पनि पछारिएका हुन् ।

राहुल गान्धीले अमेठीमा आफ्नाे हार स्वीकार गरेका छन् । उनले ट्वीटरमा पाेष्ट गर्दै भाजपा उम्मेदवार स्मृति इरानीलाइ बधाइ दिएका छन् । उनले भनेका छन्, ‘अमेठीमा स्मृति ईरानीलाइ जितका लागि म बधाइ दिन्छु । स्मृति इरानीलाइ भन्न चाहन्छु कि उनले अमेठीकाे मायालाइ ख्याल गर्नेछन् ।

त्यसैगरी राहुल गान्धीले नरेंद्र मोदीलाइृ पनि बधाइ दिएका छन् । उनले याे लडाइ विचारधाराकाे लडाइ भएकाे बताएका छन् । उनले भनेका छन्, म जीतका लागि नरेन्द्र माेदीलाइ बधाइ दिन्छु । हाम्राे लडाइ विचारधाराकाे लडाइ हाे । एक नरेन्द्र माेदी विजेपीकाे साेच हुन् र दाेस्राे कांग्रेसकाे साेच हाे ।

उनले भारतीय जनताले नरेन्द्र माेदीलाइृ प्रधानमन्त्री बनाउन फैसला सुनाएकाे भन्दै जनताकाे याे फैसलालाइ सम्मान गर्ने पनि बताएका छन् ।

राहुलले पार्टीकाे पराजयकाे जिम्मेवारी लिँदै आफ्ना कार्यकर्तालाइृ भनेका छन्, “म हाम्रा कार्यकर्तालाइृ भन्छु कि नडराउनुस । हामी हाम्राे विचारधारालाइृ अवश्य जिताउँनेछाैं । र याे चुनावमा भएकाे हारकाे पूरै जिम्मेवारी म लिन्छु ।”

Loading...