निगमले निकै जोड गरेर खरिद गरेका चिनियाँ जहाजको घाटा वार्षिक ३३ करोड ८४ लाख

काठमाडाैं, ३१ बैशाख । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएको जहाज ‘सेतो हात्ती’ सावित हुँदैछ । दुई थान चिनियाँ जहाज (एमए–६० र वाई–१२ई) उडानबाट वार्षिक ३३ करोड ८३ लाख ९५ हजार ३९ रुपैयाँ घाटा भएको छ । निगमको आर्थिक वर्ष २०७३-७४ को लेखा परीक्षणमा उल्लेख भएअनुसार एकथान एमए–६० र एकथान वाई–१२ ई जहाजमात्रैको […]

ठूलो हुरी र बतासमा परी ३९ जनाको मृत्यु

काठमाडाैं, ३१ बैशाख । तीब्र गतिको हुरी बतासका कारण भारतमा कम्तिमा ३९ जनाको ज्यान गएको छ । अाइतबार साँझपख अाएकाे हुरीमा परी ठूलाे जनधनकाे क्षति पुगेकाे बताइएकाे छ । हुरीबतासले सबैभन्दा बढी क्षति भारतकाे उत्तरप्रदेशमा पुर्याएकाे छ । उत्तर प्रदेशमा मात्र १६ जनाको ज्यान गएको छ । त्यस्तै आन्ध्र प्रदेशमा १२ जनाकाे ज्यान गएकाे छ […]

२९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौं, ३० बैसाख । नेपाल प्रहरीका झन्डै २ सय ९८ जना प्रहरी हबल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २ सय ९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले २९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक श्याम […]

सुनको मुल्य उकालो लाग्यो, आज तोलाको ५९ हजार २ सय

काठमाडौं, ३० बैसाख । नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ। आज तोलाको सुन ५९ हजार २ सय पुगेको छ। एक साता अघि सुनको मुल्य तोलाको ५८५०० थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ९ सय छ । चाँदीको मुल्य पनि बढेको छ। एक साताअघि तोलाको ७ सय ५५ रहेको चाँदीको मुल्य आज […]

करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण, बाँकेमा २ वटा टावरमा आगजनी !

कृष्ण ओली, नेपालगन्ज । करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए । […]

भाटभटेनी सुपर मार्केटमा जमिन थर्काउने गरी शक्तिशाली बम विष्फोट

चितवन, ३० वैशाख । चितनवको नारायणगढस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार विहानै बम विस्फोट भएको छ । बिहान करिब पौने ४ बजेको समयमा भयानक आवाजसहित बम विस्फोट भएकोको स्थानीयवासीले बताएका छन् । बम विष्फोटबाट भाटभटेनीको एक तिरको पुरै भाग ध्वस्त भएको छ । एकाबिहानै बम कसले र किन हानेको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । घटनाबारे अनुसन्धान […]

प्यूठानको बडडाँडामा भएको बस दुर्घटनामा परी ५ को घटनास्थलमै मृत्यु, २५ घाइते

प्यूठान, ३० बैशाख । प्यूठानकाे बडडाँडामा भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे सङ्ख्या ५ पुगेकाे छ । भालुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना भएकाे हाे । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको महाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर बडडाँडा नजिक […]

एका बिहानै धार्केमा दुर्इ भारतीय गाडी जलाइए

धादिङ, ३० बैशाख । धादिङकाे धार्केमा बिहानै २ वटा भारतीय गाडीमा अागजनी भएकाे छ । बिहान ३ बजे नै ती गाडीमा अागजनी भएकाे धादिङ प्रहरीले जनाएकाे छ । अाज नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दकाे अाह्वान गरेकाे छ । सरकारले अरुण तेस्राे अायाेजना भारतलार्इ दिएकाे र उक्त अायाेजनामा राष्ट्रघाती सम्झाैता गरिएकाे भन्दै त्यसकाे विराेधमा नेकपाले नेपाल […]

सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट, के छ क्षतिको अवस्था ?

काठमाडौं, ३० बैसाख । सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट भएको छ । स्थानीयले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो ।  बिस्फोटबाट चर्चमा के-कति क्षति भएको छ भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन । त्यस्तै उता डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ […]

आज नेपाल बन्द, विहानैदेखि आगजनी र तोडफोड, दर्जन ठाउँमा बम विस्फोट

काठमाडौँ, ३० बैसाख । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ नेभ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेकापले नेपाल बन्द आवहान गरेको हो बन्दकर्ताले अवज्ञा गरेको भन्दै विहानैदेखि सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड […]