कक्षा ११ को आंशिक तर्फको परीक्षाफल सार्वजनिक

भक्तपुर, १८ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा आज बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतिर्ण भएका परीक्षार्थीलाई यो मौका दिइएको थियो । जसअनुसार गत जेठमा त्यस्ता विद्यार्थीले मौका […]

एमाले नेता माधव नेपालकाे भैरव मतदान केन्द्रमा वम विष्फाेट

काठमाडाैं, १८ मंसिर । काठमाडाैंकाे निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत थलीमा वम विष्फाेट भएकाे छ । काठमाडाैकाे थली स्थित कान्ति भैरव निर्वाचन केन्द्रमा केही बेर अगाडि वम विष्फाेट भएकाे स्थानीयले जानकारी गराएका छन् । निर्वाचन नजिकिदै गर्दा राजधानीमा वम विष्फाेटका घटना अत्यधिक बढेका छन । गएराती मात्र काठमाडाैकै नागर्जुन नगरपालिकाकाे ढुङ्गे धारा मतदान केन्द्रमा २ […]

चुनावको बीचैमा कांग्रेस गठबन्धनबाट अलग्गिए बाबुराम भट्टराई

काठमाडौँ, १८ मंसिर । अाफ्नाे क्षेत्रकाे निर्वाचन सकिए लगत्तै नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई काँग्रेस नेतृत्वकाे लाेकतान्त्रिक गठबन्धनबाट अलग भएका छन् । उनले यही १४ मंसिरमा अाफ्नै ह्यान्डराइटिङमा लिखित एक विज्ञप्ती सार्वजनिक गरी गठबन्धनबाट बाहिरिएकाे छनक दिएका हुन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेका भट्टराईले पहिलो चरणको […]

प्रहरीको गोली लागि मरेका कुमार घैटेले दिएको पैसा माग्दा नदिएपछि गौचनको हत्या गरेको समिरमानको दावी

काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डबारे नयाँ खुलासा भएको छ । हत्या योजनाका मुख्य नाईके ३४ वर्षका समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ तथ्य खुलेको हो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकमबारे उत्पन्न विवादले उनको हत्या भएको प्रहरीले जनाएकाे छ । सीआईबीका अनुसार मृतक […]

शरद गौचन हत्याका मुख्य योजनाकार चितवनमा यसरी परे सीआर्इबीको फन्दामा

काठमाडौं, १७ मंसिर । राजधानीमा दिउसै गाेली हानेर हत्या गरिएका निर्माण व्यवसायी शरद कुमार गाैचनकाे हत्यामा सम्लग्न मुख्य याेजनाकार गिरफ्तार परेका छन् । गाैचन हत्यामा मुख्य याेजनाकार भनिएका समिरमान सिंह बस्नेतलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बस्नेतलार्इ चितवनबाट पक्राउ गरिएकाे जानकारी दिएकाे छ । उनलार्इ हिजाे मंसिर १६ गते नै पक्राउ […]

घरमै वम विष्फाेट भएपछि रक्षामन्त्री त्रसित हुँदै सेनाकाे गाडीभित्र पसे

काठमाडौं, १७ मंसिर । रक्षामन्त्री भीमसेन दास प्रधानको घरमा बम विस्फोट भएको छ । अाइतबार विहान काठमाडौंको ठमेल ज्याठास्थित घर बम विस्फोट भएको स्थानीयले बताएका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका प्रधानको घरमा अज्ञात समूहले गराएको विस्फोटको ठूलो अावाज अाएसँगै अासपासमा भागदौड मच्चिएको थियाे । वम विष्फाेटकाे खबर अाए लगत्तै नेपाली सेना र प्रहरी […]

एमाले-माकेका नेताहरु पैसाको झोला बोकेर रातीराती ढोका ढकढक्याउने गरेकाे अाराेप

सल्यान, १७ मंसिर । चुनावको मिति नजिकै जाँदा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले मतदातालाई पैसा बाड्न थालेका छन् । शनिबार राति पैसा बोकेको टोली प्रदेस सभाको क को भल्चौरमा पुगेको स्थानीयले जानकारी दिएका छन् । माओवादी केन्द्रका नाम चलेका एक युवा नेताले पैसाको झोला बोकेर राति मतदाताको ढोका ढकढक्याउदै छन् भने उसलाई एमालेका जिल्ला […]

खेती मासियाे तर ज्यापू संस्कृति जोगाउन मनाइदैछ योमरी पुन्ही

काठमाडौँ, १७ मंसिर । मल्लकालभन्दा अघिदेखि काठमाडौँ उपत्यकाभित्र र बाहिरसमेत नेवारी समुदायको पहिचान बनेको ज्यापू संस्कृतिमा आधुनिकताको प्रभावले परिवर्तन आएपनि मौलिक संस्कृति संरक्षणको मुद्दा सेलाएको छैन । बढ्दो शहरीकरण र कृषिमा आधुनिकीकरणका बीच परम्परागत ज्यापू संस्कृतिको जगेर्नामा यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरू निरन्तर लागिरहेका छन् । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो […]

माछा मार्न गएका टिकारामको सानीभेरीमा बगेर मृत्यु

रुकुम, १७ मंसिर । रुकुम पश्चिमको सानीभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–१० का ६६ वर्षीय टीकाराम ओलीको सानीभेरी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । नदीमा माछा मार्नेक्रममा उनलाई आज बिहान करिब ९ः३० बजेतिर नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नदीमा […]

पाँच कराेड रकम हिनामिना गर्ने कृषिविकास बैंककी कर्मचारी दिपिका गिरफ्तार

काठमाडाैं, १६ मंसिर । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीअार्इबी)ले पाँच कराेड रकम हिनामिना गर्ने कृषिविकास बैंककी एक महिला कर्मचारीलार्इ गिरफ‍्तार गरेकाे छ । कृषि विकास बैंक न्यूरोड शाखामा कार्यरत दिपिका रेग्मीलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । उनीसँगै अन्य ३ जना व्यक्ति पनि पक्राउ परेका छन् । दिपिकासँगै पक्राउ पर्नेमा बालाजुका प्रकाश घतानी र दोलखा घर […]