हेटौडा, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले चर्को मुल्यमा सामान बेच्ने र बजारमा अभाव सिर्जना गर्ने व्यापारीहरुलाई कारवाही गर्ने जनाएको छ । त्यसका लागि सूचना तथा सूची उपलब्ध गराउन नेकपा मकवानपुरले सर्वसाधारणलाई आह्वान गरेको छ । हेटौडा उपमहानगरपालिका कमिटीद्वारा आयोजित चाडपर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाका मकवानपुर इन्चार्ज बिरबहादुर घलान ज्वालाले सो […]
मुख्य समाचार
३४ वर्षपछि पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम सकियो
बैतडी, ९ असोज । चौँतिस वर्षपछि बैतडीको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालु आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । कूल ६२ किमी लम्बाइ रहेको सो सडकका ५३ किमी बाटो खुलिसकेको छ भने बाँकी नौ किमी चालु आवको अन्त्यसम्ममा बाटो खुलिसक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले बताए । “पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने […]
गाईजात्राका उत्कृष्ट सांस्कृतिक समूह पुरस्कृत
भक्तपुर, ९ असोज । भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व ०७४ मा प्रदर्शन गरिएका परम्परागत एवं सांस्कृतिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने सांस्कृतिक समूहलाई पुरस्कार प्रदान गरेको छ । भक्तपुर नगरपालिकाले आइतबार दरबारस्क्वायरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पुरस्कार प्रदान गरेका हुन् । उहाँले गत गाईजात्रामा उत्कृष्ट प्रदर्शन गर्ने एक दर्जन सांस्कृतिक नाच एवं […]
रौतहटमा बिभत्स घटना । वडा अध्यक्ष जित्ने बित्तिकै छोराको गोली हानि हत्या
रौतहट, ९ असोज । रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको छोराको गोली हानी हत्या भएको छ । कांग्रेसबाट विजयी भएका नवनिर्वाचित वडाध्यक्ष शेख सेराजका ३२ बर्षका छोरा अकबर अलीको हत्या भएको प्रहरीले जनाएको छ । परोहा नगरपालिका ५ जिंगडवा टोलमा रहेको घरबाहिर सुतिरहेको अवस्थामा आज बिहान करिब साढे ३ बजेको समयमा उक्त घटना […]
विवाद बढ्दै गएपछि साझा प्रकाशनका महाप्रबन्धक शर्मा पदमुक्त गरिए
काठमाडाै, ९ असोज । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ । साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको आजको निर्णयबाट पदमुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए । विसं २०७१ मा मन्त्रालयबाट अध्यक्षमा नियुक्त शर्मालाई सञ्चालक समितिले […]
वैदेशिक रोजगारीको नाममा नेपालबाट हुने ठूलो मानव तस्करी रोक्न माग
काठमाडौँ, ९ असोज । वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीलाई नियन्त्रण गर्न विद्यमान कानूनमा कमजोरी देखिएकाले ती कानूनमा संशोधनको आवश्यकता रहेकोमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय सञ्जालसँगको सहकार्यमा आज आयोजना गरेको ‘वैदेशिक रोजगार तथा बेचबिखनसम्बन्धी कानूनको परिमार्जन सन्दर्भमा श्रमका लागि हुने बेचबिखनका सरोकारहरु’ […]
नेपाल तस्करीको हब बन्यो, फेरि पक्राउ परे करोडौको सामानसहित दुई विदेशी तस्कर
काठमाडौँ, ९ असोज । लागुऔषध कोकिनसहित एक बोलिभियन र एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पासपोर्ट नं ए ९६२२३१ वाहक २७ वर्षीय बोलिभियन नागरिक अधेमर एनेज्लोपेज र पासपोर्ट नं एच ३७९१७५० बाहक ५९ वर्षीया भारतीय महिला कमर जहनलाई दुई किलो ७०० ग्राम कोकिनसहित शनिबार साँझ ठमेलको एक होटलबाट लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले […]
अख्तियारलाई चाडपर्वको चिन्ता
काठमाडौँ, ९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडपर्वमा जनतालाई सहज र सरलरुपमा सेवा उपलब्ध गराउन सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको छ । आयोगमा आज सरकारका सचिव तथा विभिन्न उपभोक्ता केन्द्रित निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर चाडबाडमा कुनैपनि रुपमा असहज हुने अवस्था आउन नदिन निर्देशन दिएको हो । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले शान्तिसुरक्षाको […]
एक दसकभित्रै नेपालमा साम्यवाद आउने प्रचण्डको दावी
कोहलपुर, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक दसकभित्रै नेपालमा साम्यवाद स्थापित हुने दावी गरेका छन् । बाँकेको कोहलपुरमा आयोजित माओवादी एक कार्यक्रममा बोल्दै प्रचण्डले अब १० वर्षभित्रै नेपालमा साम्यवाद स्थापना हुने बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित […]
अझै मेलम्चीको सुरुङ खन्न १६०० मिटर बाँकी
काठमाडौँ, ९ असोज । यसपालीको दसैमा मेलम्चीको पानी काठमाडौंमा पुर्याउने प्रचार व्यापक रुपमा गरिए पनि त्यो पूरा भएन । राजधानीवासीलाई मेलम्चीको खानेपानी उपलब्ध गराउने कुरा त परै छ, दसैसम्म सुरुङ खन्ने कार्य नै पूरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले पनि १ हजार ६ सय मिटर सुरुङ अझै खन्न बाँकी छ । […]