फेरि अर्को यात्रुवाहक बस त्रिशुलीमा खस्यो

काठमाडाैं । धादिङकाे बन्छेटारमा एक यात्रुवाहक बस राजमार्गबाट त्रिशुली नदीमा खसेकाे छ । अाज आइतबार बिहान यात्रुबस धादिङकाे गजुरी गाउँपालिका–६ बन्छेटारमा त्रिशुली नदीमा खसेको हो ।

प्रहरीका अनुसार उक्त बस झापाकाे काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको थियाे । प्रारम्भिक विवरण अनुसार तीन जनाको मृत्यु भएको खबर अाएकाे छ ।

ईलाका प्रहरी कार्यालय गजुरीले दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेकाे जनाएकाे छ । घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडाैं पठाइएकाे छ। अन्यकाे स्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेकाे छ। दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन।

Loading...