सर्लाहीमा स्कार्पियो जीपले लियो बाबुछोराकै ज्यान, चालक फरार

सर्लाही, ४ जेष्ठ । सर्लाहीको हरिपुर-४ हरैयामा स्कारपियो जीपको ठक्कर बाट एकै परिवारका बाबु र छोराको मृत्यु भएको छ । शनिवार साझ करिब पाँच बजेको समयमा नवलपुर मलंगवा सडक अन्तर्गत हरिपुर – ४ हरैयाचौक नजिक उक्त दुर्घटना भएको हो ।

नवलपुरबाट सर्लाहीको सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बा १९च २५८८ नम्बरको स्कारपियो जीपको ठक्करबाट भैंसी चराउन बसेका हरिपुर नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय जैसी राय र उनका १० वर्षिय छोरा लक्ष्मण रायको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । जीपको ठक्करबाट गम्भीर घाईते भै उपचार को लागि हरिपुरतर्फ ल्याउदै गर्दा दुबैको बाटोमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार साहीले बताए ।

अत्याधिक तिब्र गतिका कारण जीप अनियन्त्रित भै ठक्कर दिदा बाबुछोरा दुबैको ज्यान गएको बताइएको छ । ठक्कर दिने गाडी पल्टिएको अवस्थामा फेला परेको र प्रहरीको नियन्त्रणमा भए पनि चालक फरार रहेको र उनको खोजी कार्य भै रहेको सर्लाही प्रहरीले जनाएको छ ।

Loading...