चीनसँगको व्यापार युद्ध अन्त्य गर्न १७० बहुराष्ट्रिय कम्पनीको ट्रम्पलाई चेतावनी

काठमाडाैं । विश्वका चर्चित कम्पनीहरुले चीनसँगको व्यापार युद्ध बन्द गर्न अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाइ सुझाव दिएका छन् । फुटवेयर अर्थात जुत्ता निर्माणको क्षेत्रका विश्वमा कहलिएका १७० कम्पनीलेहरुले ट्रम्पलाई यस्ताे सुझाव दिएका हुन् । 

जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने भन्दै उनीहरुले राष्ट्रपति ट्रम्पलाई समाधानको बाटो खोज्न आग्रह गरेका हुन् ।

नाइकी र एडिडाससहितका १७० कम्पनीले हस्ताक्षर गरेको पत्रमा ट्रम्पले चिनियाँ सामानमाथिको आयात कर २५ प्रतिशतले बढाउने निर्णयको असर कामकाजी वर्गमा अति नै खबरा पर्ने उल्लेख गरिएको छ ।

उनीहरुले भनेका छन्, ‘यो समय व्यापार युद्ध बन्द गर्ने बेला हो ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानको आयातमा लाग्ने कर गएको हप्ता १० प्रतिशतबाट बढाएर २५ प्रतिशत बनाएका थिए ।

व्यापार युद्ध अन्त्य गर्ने सम्बन्धी वार्तामा सहमति नजुटेपछि ट्रम्पले कर बढाएका हुन् । चीनले पनि अमेरिकी सामानमाथिको आयात कर बढाउने घोषणा गरेको छ र त्यो आउँदो जुन १ देखि लागु हुने बताइएको छ ।

Loading...