सरकारले गोली हानेर कार्यकर्ता हत्या गरेपछि आक्रोशित विप्लवको चेतावनीपूर्ण विज्ञप्ति

काठमाडौं । भाेजपुरमा सरकारले अाफ्ना एक कार्यकर्तालाइ गोली हानेर हत्या गरेपछि आक्रोशित भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चेतावनीपूर्ण विज्ञप्ति जारी गरेका छन् । 

बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले हत्याकाे बदला अब जनताले लिने चेतावनी समेत दिएका छन् । उनले हत्याका विरुद्ध जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेका छन् ।

सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे ‘राजु’लाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोको भन्दै उनले घोर आपत्ति जनाएका छन् ।

घटनापछि उनले केपी ओली नेतृत्वको सरकारलाई सामाजिक फाँसीवादी सरकारक संज्ञा दिएका छन् का । साथै सरकारको मनपरीविरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको भन्दै यही अवस्थामा आफ्नो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको पनि बावी गरेका छन् ।

सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र नभइ सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको उनले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ -‘ हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’

हत्याको साहारा लिएर कुनै मुक्ति अभियान नरोकिएको समेत उनले प्रष्ट पारेका छन् । विप्लवले ओली सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग गरेका छन्।

उनले केपी सरकारले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने पनि घोषणा गरेका छन् । सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको उनले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ- ”हत्याको साहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन । केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् । केपी—पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको छ ।’

साथै उनले अगाडि भनेका छन्- ‘केपी सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।’

उनले सरकारलाई जनघाती, राष्ट्रघाती र भ्रष्टचारीको संज्ञा दिँदै सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि चरणबद्धरुपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारको निरंकुशताबिरुद्ध घोषणा गरिएको उक्त कार्यक्रमलाई सहयोग गरिदिन सबै उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतलाई अपिलसमेत विज्ञप्तिमार्फत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘जनघाती, राष्ट्रघाती, भ्रष्टचारी केपी—पीके सरकारले चलाएको हत्या हिंसाका विरुद्ध हाम्रो पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालकालागि तपसिलको संघर्षका कार्यक्रम घोषणा गरिएको छ । उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न हार्दिक अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ ।’

हेर्नुहोस् विज्ञप्ति

 

Loading...