फिफाले कतार विश्वकपमा ४८ टिम सहभागी नगराउने

काठमाडाैं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या ४८ बनाउने योजना थाती राखेको छ ।

गएको वर्ष फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सहभागी टिमको संख्या ३२ बाट बढाउने योजना सन् २०२६ भन्दा अघि नै अर्थात २०२२ मै लागु गर्न सकिने बताएका थिए । तर सहभागी टिमको संख्या बढाउँदा आयोजनाको जिम्मा कतार एक्लैले लिन नसक्ने थिए ।

सम्पूर्ण पक्षमाथि व्यापक रुपमा भएको अध्ययन र परामर्शबाट सहभागी टिमको संख्या आउँदो विश्वकपमै बढाउन सक्ने अवस्था नदेखिएको फिफाले जनाएको छ ।

अध्ययनको क्रममा कतार एक्लैले ४८ टिमसहितको विश्वकप आयोजना गर्न सक्ने सम्भावनाबारे पनि अध्ययन भएको उल्लेख गरिएको छ । तर समय कम भएकाले तत्कालका लागि त्यस्तो सम्भावना उपयुक्त नहुने देखिएको फिफाले उल्लेख गरेको छ ।

Loading...