कन्हैया कुमारले कति भोट पाएर हारे ? कन्हैयाको क्षेत्रमा अनौठो भोट प्याटर्न

काठमाडाैं । भारतीय लाेकसभा निर्वाचनका क्रममा सबैभन्दा बढी चर्चामा रहेका कन्हैया कुमार पराजित भएका छन् ।

भारत बिहारकाे बेगुसराइमा भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका कन्हैया भारतीय जनता पार्टी गिरिराज सिंहबाट पराजित भएका हुन् । कन्हैयाले मुस्लिम र अल्पसंख्यक समुदायबाट भाेट पाए पनि उनकै भूमिहार समुदायबाट भने कम भाेट पाएकाे भारतीय मिडियाहरुले विश्लेषण गरेका छन् ।

जित निश्चित भएपछि भाजपाका केन्द्रीय मन्त्री गिरिराज सिंहले ‘प्रधानमन्त्री मोदीले गरेकाे विकासकै कारण भाजपाले जितेकाे’ बताएका छन् । 

कन्हैया कुमारले २ लाख ६९ हजार  ९ सय ७६ भाेट प्राप्त गरेका छन भने उनलाइ पराजित गर्ने भाजपाका गिरिराज सिंहले ६ लाख ९२ हजार १ सय ९३ भाेट पाएका छन् । त्यसैगरी बेगुसराइबाट चुनाव लडेका भारतीय नेशनल कांग्रेसका उम्मेदवार तनवीर हसनले १ लाख ९८ हजार २ सय ३३ भाेट पाएर तेस्राे स्थानमा परेका छन् । उक्त चुनाव क्षेत्रबाट ४ जना स्वतन्त्र उम्मेदवार समेत गरेर १० जना उम्मेदवार यस चुनावमा रहेका थिए ।

बेगुसराइमा १२ लाख २५ हजार ५ सय ९४ भाेट खसेकाे बताइएकाे छ । कन्हैयाले पाएकाे भाेट कूल खसेकाे भाेटकाे २२.०३ प्रतिशत हाे भने गिरिराज सिंहले पाएकाे भाेट कूल खसेकाे भाेटकाे ५६.४८ प्रतिशत भाेट हाे । त्यस्तै तेस्राे स्थानमा परेका तनविर हसनले कूल खसेकाे मतकाे १६.१७ प्रतिशत भाेट पाएका हुन् । 

कन्हैयालाइ भारतका थुप्रै कलाकार, प्राेफेसर, युवा विद्यार्थी लगायतले राम्राे सपाेर्ट गरेका थिए । उनकाे चुनाव प्रचार प्रसारका लागि चर्चित अभिनेता कन्हैया कुमार, नायिका स्वारा भास्कर लगायतका कलाकार तथा अन्य युवा विद्यार्थीहरु भारतका विभिन्न राज्यबाट बेगुसराइ पुगेका थिए । 

राम्राे वक्ता तथा खुल्ला साेच भएका कन्हैयाले भारतीय युवा पुस्तामा ठूलाे प्रभाव छाेडेका छन् । भारतीय जनता पार्टी र सरकारले उनीमाथि निरन्तर देशद्राेहीकाे अाराेप लगाएर उनलाइ खुम्च्याउन निकै प्रयत्न गरेकाे थियाे । जवाहरलाल नेहरु विश्वविद्यालय नयाँ दिल्लीबाट पिएचडी गरेका कन्हैयालाइ देशद्राेहीकाे अाराेपमा पक्राउ गरेर केही समय माेदी सरकारले हिरासतमा पनि राखेकाे थियाे । यद्यपि माेदी सरकारले अहिलेसम्म उनीमाथि लगाइएकाे अाराेप अहिलेसम्म पुष्टि गर्न सकेकाे छैन तर अनुसन्धान जारी रहेकाे बताउँदै अाएकाे छ । कन्हैयाले विदेश जानका लागि धेरै वर्ष पहिलेदेखि राहदानी लिन खाेजेका थिए तर धेरै पटक प्रयास गर्दा पनि सरकारले उनलाइ राहदानी पनि दिएकाे छैन । 

भारतीय राजनीतिमा ठूला कर्पाेरेट व्यापारिक घरानाहरुकाे हावी हुने गरेकाे चर्चा चलिरहँदा यसपटक कन्हैयाले पहिलाे पटक क्लाउड फन्डकाे अवधारणामा चुनाव लडेका थिए । उनले अाफ्ना समर्थक शुभचिन्तकबाट १०० रुपैयाँ उठाएर चुनावी खर्च जुटाएका थिए । कन्हैयाले चुनाव अघि भाजपाका विरुद्ध महागठबन्धनकाे अावश्यकता रहेकाे भन्दै निकै पहल गरेका थिए । सुरुमा बेगुसराइमा कांग्रेसले कन्हैयालाइ नै समर्थन गर्ने बताएकाे पनि थियाे । तर अन्तिम समयमा भने कांग्रेसले त्यहाँ कांग्रेसले २०१४ काे निर्वाचनमा समेत पराजित भएका उम्मेदवार तनविर हसनलाइ उठाएकाे थियाे । सन २०१४ काे निर्वाचनमा भाजपाले ३१ प्रतिशत मात्र भाेट ल्याएकाे र नाेवन्दी, किसानका खातामा लाख रकम हाल्दिने र कराेड राेजगारी सिर्जना गर्ने माेदीका असफल कार्यक्रमका कारण भाजपाकाे भाेट यसपटक अझ घट्ने उनकाे विश्लेषण थियाे । तर पनि भाजपा विरुद्ध अन्य सबै पार्टीहरु मिलेर महागठबन्धन बनाएर निर्वाचन लड्नुपर्ने उनले बताएका थिए । 

कन्हैया बेगुसराइबाट उम्मेदवार बनेकाे चर्चा अाइसकेपछि मात्र भाजपाले केन्द्रीय मन्त्री गिरिराज सिंहलाइ त्यहीबाट उम्मेदवार बनाउने घाेषणा गरेकाे थियाे । तर, गिरिराजले भने सुरुमा बेगुसराइ जान मानेका थिएनन । तर उनी अन्तिममा त्यहाँ पुगेका थिए । निर्वाचनका क्रममा बेगुसराइमा गिरिराजलाइ भन्दा मतदाताहरुले माेदीका लागि भाेट गर्ने बताउने गरेका थिए । केन्द्रमा बलियाे सरकार चाहिने र माेदीले राम्राे काम गरिरहेकाेले उनकै लागि भाजपालाइ भाेट दिने भन्दै धेरै मतदाताले चुनावी प्रचारप्रसारका दाैरान बेगुसराइ पुगेका मिडियामा प्रतिक्रिया दिने गरेका थिए । भारतीय लाेकसभाकाे निर्वाचनमा करिव देशभर माेदी नै एक्ला उम्मेदवारका रुपमा अघि सारिएका थिए । भाजपाका सबै उम्मेदवारले पनि माेदीकै लागि अाफूलाइ भाेट माग्ने गरेका थिए । 

Loading...