न्यायिक इतिहासमै पहिलो पटक न्यायाधिश विरुद्ध भ्रष्टाचार मुद्दा चलाइदै

काठमाडाैं । पहिलाेपटक न्यायाधिशका विरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएकाे छ । कपिलवस्तुका जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर हुने भएको हाे।

न्याय परिषदले नै यसका बारेमा निर्णय गरेपछि मुद्दा दायर गर्न बाटाे खुलेकाे हाे । उपाध्याय विरुद्ध दायर गरिने मुद्दाका विषयमा मंगलबार न्यायपरिषदकाे बैठक बसे को थियाे । न्याय परिषदकाे साे बैठकले उपाध्यायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।

न्यायपरिषदमा प्रधानन्यायाधीश चोलेन्द शमशेर जबराले उपाध्याय विरुद्ध मुद्दा चलाउने प्रस्ताव पेश गरेका थिए । न्यायाधिश उपाध्याय नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा न्याय सेवामा जागिर खाएको भन्ने यसअघि समाचार अाएका थिए । परिषदले साेही दाबीसहित उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ। उपाध्यायविरुद्धकाे याे मुद्दा नै न्यायिक इतिहासमा न्यायाधीशका विरुद्ध चलाइएकाे पहिलाे भ्रष्टाचारकाे मुद्दा हुनेछ।

यसैबीच न्याय परिषदले अर्का विवादित जिल्ला न्यायाधीश बिश्वमंगल आत्रेयलाई अवकास दिने निर्णय गरेको छ। उनीमाथि ललितपुर जिल्ला अदालतमा भीएलएनका संचालकलाई आर्थिक लेनदेन गरेर रिहाई आदेश दिएको आरोप लागेको थियो।

यस्तै काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई पनि किन कारवाही नगर्ने भनी एक साताभित्र स्पष्टीकरण पेश गर्ने आदेश दिएको छ। बानियाँलाई सवारी दुर्घटनासम्बन्धी मुद्दाका अभियुक्तसग घुस लेनदेनमा फैसला गरेको आरोपमा छानबिन भइरहेको छ।

Loading...