कोसीसहित सीमा क्षेत्रका सबै बाँधका ढोका खोल्न भारत सरकारलाई महराको आग्रह

काठमाडौँ, २८ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्नका लागि नेपालस्थित भारतीय राजदूतमार्फत भारत सरकारलाई आग्रह गरेका छन् । उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई आज टेलिफोन गरेर शुक्रबारदेखि जारी वर्षा कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका […]

कोसीको बाढी खतराको संकेतमाथि । भारतले सबै ढोका खोल्न अझै मानेन 

इटहरी, २८ साउन । कोशी व्यारेजमा पानीको वहाब खतराको संकेत चिन्हभन्दा माथि पुगेको छ । शनिवार साँझ गरिएको मापन अनुसार नदीको पानी दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ । लगातार परेको वर्षाका कारण नदीमा पानीको वहाव बढ्दै गएको भए पनि भारतले भने अझै मानेको छैन ।  अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको […]

बाढीपहिरोले देशभर सङ्कट । २९ जनाको मृत्यु

काठमाडौँ, २८ साउन । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन÷तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी २९ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । यसैबीच, गृहमन्त्री […]

पुल बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपालगन्ज, २८ साउन । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धैली नालाको पुल बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण आएको बाढीले सो पुल बगाउँदा अहिले सडक वारीपारी दुवैतर्पmका यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालयले भत्केको पुलको छेउबाट डाइभर्सन बनाउने तयारी गरे पनि पानीको भेलका […]

पत्रकार महासङ्घको महाधिवेशनको तयारी पूरा

काठमाडौँ, २८ साउन । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ । आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराए । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव, सचिव–६ र कोषाध्यक्षसहित […]

गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइने

काठमाडौँ, २८ साउन । प्रदेश नं ७ लाई भारतसँग जोड्ने प्रमुख व्यापारिक नाका धनगढी उपमहानगरपालिकास्थित गौरीफण्टालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल शुरु भएको छ ।  प्रदेश नं ७ का स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको संयुक्त प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवास बालुवाटारमा भेटेर त्यसका लागि पहल शुरु गरेको हो ।  प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको […]

विद्यार्थीको हत्या, विद्यार्थी संगठनद्वारा भत्र्सना

भीमदत्तनगर, २८ साउन । कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरूले भत्र्सना गरेका छन् । बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो । मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर […]

इटहरीमा सातजनाको शव पानीमा भेटियो 

सुनसरी, २८ साउन । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा सातजनाको शव फेला परेको छ । भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईका दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उनकी आठ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको […]

कुपोषणमुक्त गाउँपालिका घोषणा गर्न प्रतिबद्धतापत्र जारी

पाँचथर, २८ साउन । आगामी पाँच वर्षभित्र पाँचथरको याङबरक गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका अर्थात कुपोषणमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । यस गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका बनाउन निर्वाचित जनप्रतिनिधिले शुक्रबार १० बँुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । बहुक्षेत्रीय पोषणयोजना अन्तर्गत बहुक्षेत्रीय प्रयासबाट यस गाउँपालिकालाई पोषित गाउँपालिका घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका बहुक्षेत्रीय पोषण […]

बाढी पहिरोले जाजरकोटका गाउँ अन्धकार

जाजरकोट, २८ साउन । लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् उत्पादका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । लाखौँ रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । त्रिवेणी नलगाड नगरपालिका–३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु […]