बढ्यो बृद्ध भत्ता

तत्कालिन मनमोहन सरकारले शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्तालाई ओली सरकारले बढाईदिएको छ । भत्तामा रु १ हजार वृद्धि भएको हो ।

बुधबार संयुक्त संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो ।

२०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारका तत्कालिन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिने घोषणा गरेर नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम शुरु भएको थियो । २०७२ सालमा एमाले अर्थमन्त्री बिष्णु पौडेलले सो रकम मासिक २ हजार रुपैयाँ पुर्‍याएका थिए तर गत बर्ष यो रकममा वृद्धि हुने हल्ला चलेपनि अर्थमन्त्री डा. युवराज खतिवडाले यथावत राखेका थिए ।

सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका दलित/कर्णालीका जेष्ठ नागरिक,पूर्ण तथा आंशिक अपांगता, एकल महिला र लोपोन्मुख आदिवासी/जनजाती र बालबालिका समेटिन्छन् ।

सरकारको आगामी आर्थिक वर्षको बजेट चालू खर्च तर्फ ९ खर्ब ५७ अर्ब र पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ रहेको १५ खर्ब ३२ अर्बको बजेट रहने भएको छ ।

Loading...