काठमाडौं, १५ जेठ । सरकारले संघीय सांसदहरुको लागि ६ करोड छुट्याएको छ । सरकारले सांसदलाई विकास कार्यमा सहभागि गराउने भन्दै गपत रकम विनियोजन गरेको हो ।
सांसदलाई पैसा बाँडेर विकास नहुने भनेर आलोचना भैरहदा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सांसदहरुलाई प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँ छुट्ट्याएको घोषणा गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी घोषणा गरे ।
सरकारको आगामी आर्थिक वर्षको बजेट चालू खर्च तर्फ ९ खर्ब ५७ अर्ब र पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ रहेको १५ खर्ब ३२ अर्बको बजेट रहने भएको छ ।