पथलैयामा यात्रुबाहक बसमा लुटपाट

वीरगञ्ज । बाराको पथलैया निजगढ सडकखण्डमा काठमाडौँ जाँदै गरेको एक यात्रुबाहक बसमा शुक्रबार बिहान लुटपाट भएको छ ।

जलेश्वरबाट काठमाडौँ गइरहेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा लुटेराहरुको एक समूहले बिहान ३ बजेतिर लुटपाट गरेको हो ।

पथलैया निजगढ सडकखण्ड अन्तर्गत गढीमाई जानेबाटो नजिकै मोटरसाइकल चढेर आएको ४÷५ जनाको समूहले बसमा लुटपाट गरेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

लुटेराहरुको समूहले बसका सहयोगीसँग रहेको ४५ हजार नगद र एक थान मोबाइल पनि लुटेर लगेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक बिकैम लामाले जानकारी दिए ।

लुटपाटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको मरिङ गाउँपालिका घर भई हाल निजगढ नगरपालिका वडा नम्बर ८ बस्दै आएका २६ वर्षीय संघर्ष थिंग रहेका छन् ।

लुटपाटमा संलग्न अन्य फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक लामाले बताए । लुटेराहरुले बसको यात्रुहरुलाई भने केही नगरेको प्रहरीले जनाएको छ ।

Loading...