विश्वकप क्रिकेटमा अष्ट्रेलिया बिरुद्ध भारतको सानदार जित

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारतले अष्ट्रेलिया बिरुद्ध ३६ रनको जित हात पारेको छ। लण्डनमा सम्पन्न खेलमा जित दर्ता गरेसंगै भारत अंकतालिकामा समेत तेस्रो स्थानमा उक्लिएको छ। सन् २०१५ विश्वकपको सेमीफाइनलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो जसको बदला समेत भारतले लिएको छ। प्रतियोगितामा २ खेल खेलेको भारतले दुबै जित […]

हेटौडामा कार दुर्घटनामा परी ५ घाइते

हेटौंडा । हेटौंडाको सामरी पुलमा एउटा भारतीय नम्बर प्लेटकाे कार दुर्घटना परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले साँझ साढे पाँच बजेको समयमा उक्त कार दुर्घटनामा परेकाे जनाएकाे छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।   मकवानपुरकै भैसैबाट हेटौँडा बजारतर्फ आइरहेको कार अनियन्त्रित भइ पुलको बारमा ठाेक्किएर दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ । […]

पेन्टागन एकेडेमीमा आन्तरिक राजस्व कार्यालयको छापा

हेटौंडा । हेटौँडाकाे एक इन्स्च्यूटमा आन्तरिक राजश्व कार्यालयले छापा मारेकाे छ । हेटाैडा उपमहानगरपालिका वार्ड नं. ४  स्कूलरोडमा रहेको पेन्टागन एकेडेमीले कर छली गरेको सूचना अाएपछि राजश्व कार्यालयले छापा मारेकाे हाे ।  उक्त इन्स्च्यूटले झुटा विवरण बनाएर कर छली गरेकाे भन्ने उजुरी परेपछि राजश्व कार्यालयकाे टाेली पेन्टागन एकेडेमी पुगेकाे थियाे । टाेलीले उक्त इन्स्च्यूटबाट कर […]

गुठी विधेयक खारेजको माग गर्ने नेवार समुदायमाथि माइतीघरमा व्यापक दमन (फोटो फिचर)

काठमाडौं, २६ जेठ । काठमाडौंवासीको धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले दमन गरेको छ । प्रहरीकाे अाक्रमणबाट प्रदर्शनकाे टाउकाे समेत फुटेकाे छ ।  गुठी विधेयक ल्याएर उक्त विधेयकमार्फत सरकारले स्थानीयको धर्म संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको काठमाडौंका नेवार समुदायले यसको विरोध गर्दै आएका छन् । सोही क्रममा आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेवार […]

फेरि फैलियो झाडापखालाको महामारी, एकै गाउँमा ५० बढी बिरामी

मेलम्ची– सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले […]

बैठकस्थल घेरा हालेर प्रहरीले गर्यो ठूलो संख्यामा विप्लवका नेता कार्यकर्ता पक्राउ

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १८ नेता तथा कार्यकर्तालाइ प्रहरीले एकैठाउँबाट पक्राउ गरेकाे छ । कास्कीकाे अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाइृ शनिवार राति पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाइृ अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट पक्राउ गरेकाे जनाएकाे छ । पक्राउ पर्नेहरुमा नेकपा कास्कीका सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, नेकपास्कीका जिल्ला […]

राजधानीमै अरुको नाममा परीक्षा दिन गएका ५५ जना पक्राउ

काठमाडौं । कोरियन भाषा परीक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानीय प्रहरी इकाईबाट खटिएको टोलीले शनिवार(आज) काठमाण्डौ र ललितपुरका बिभिन्न परीक्षा केन्द्रहरुबाट अरुको नामको परीक्षामा सहभागी भएका ५५ जनालाई नियन्त्रणमा लिएको हो । पहिलो चरणको […]

जङ्गली च्याउले २ बालिकाको मृत्यु, ८ जना विरामी

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा उनीहरुको मृत्यु भएको हो । विषाक्त […]

प्रेसमाथि नियन्त्रण गर्ने सरकारको नियत विरुद्ध पत्रकारको हातेसाङ्लो प्रदर्शन

काठमाडौं । प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघकाे नेतृत्वमा पत्रकारहरुले प्रदर्शन गरेका छन । साे क्रममा उनीहरुले विधेयक पास गरे त्यसअन्तर्गत गठन हुने काउन्सिल अस्वीकार गर्ने चेतावनी समेत दिएका छन । विधेयकका विरुद्धकाे प्रदर्शनका क्रममा शनिबार राजधानीमा हातेसाङ्लो प्रदर्शन सुरु गर्दै पत्रकारहरुले साे चेतावनी दिएका हुन् । […]

हरिवन मालपोतमा अनलाईन सेवा शुरु

सर्लाही, २४ जेठ । सर्लाहीको हरिवन स्थित मालपोत कार्यालयमा शुक्रवारदेखि अनलाईनबाट सेवा प्रदान गर्न थालिएको छ । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले एक कार्यक्रमका बीच अनलाईन सेवाको शुभारम्भ गरेका छन । अहिलेको युग प्रविधिको युग भएकोले मालपोत कार्यालयमा अनलाईनबाट सेवा संचालन हुनु खुशीको कुरा भएको नगर प्रमुख प्रसाइको भनाइ रहेको छ । अनलाइनले अनावश्यक ढिलासुस्ती […]