स्याङ्जा । संयोग पनि कस्तो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकै गाडी खोलामा डुब्न पुग्यो । राजधानीबाट पुल शिलान्यास गर्न स्याङ्जा आएका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खाेलामा डुबेको हो । अर्जुन चौपारी गाउँपालिका-३ स्थित दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्री महासेठ सवार गाडी सोमबार खोलाको दहमा डुबेको थियो । […]
मुख्य समाचार
दक्षिण अफ्रिका र वेष्टइण्डिजबीचको खेल वर्षाका कारण रद्द, दुबैले अंक बाँडे
काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत सोमबारको दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल वर्षाका कारण रद्द भएको छ । साउथ ह्याम्पटनामा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेट गुमाउर २९ रन बनाउँदा पानीले खेल रोकियो । लगातार पानी परिरहेपछि खेल शुरु हुन सकेन र दुबैले १–१ अंक बाँडेका छन् । दक्षिण अफ्रिकाले लगातार […]
अन्तर्राष्ट्रिय क्रिकेटबाट युवराज सिंहको सन्यास
एजेन्सी । भारतलाई सन् २००७ को टि-२० विश्वकप र सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेलेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेट र आइपिएलबाट सन्यासको घोषणा गरेका छन् । मुम्बईमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको बताए। युवराजले भने, ” म १७ बर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको […]
गुपचुपमा २३ दिनमै खरिद नियमावली फेरि संशोधन, ठूलो आर्थिक चलखेलको आशंका
काठमाडौं, २७ जेठ । भ्रष्टाचारको मुद्दा चलिरहेका ठेकेदारहरुलाई ठेक्का प्रक्रियामा सहभागी हुन नसक्ने गरी संशोधन गरिएको सार्वजनिक खरिद नियमावली गोप्य रुपमा पुनः सच्याइएको छ । यसअघि सरकारले सार्वजनिक खरिद नियमावलीमा छैटौ संशोधन गरेको थियो । तर, २३ दिन नबित्दै सरकारले सातौ संशोधन गरेको छ । छैटौ सशोधन गरिएको २३ दिन पनि नबित्दै भित्रभित्रै गुपचुप रुपमा […]
बारामा प्राधिकरणका कर्मचारी र उपभोक्ताबीच झडप हुँदा ३ को टाउको फुट्यो
बारा, २७ जेठ । विद्युत प्राधिकरणको कमजोरीका कारण हाइभोल्टेज आएर घरका सबै सामानमा क्षति पुगेको विषय उठाउने स्थानीय जनता र प्राधिकरणका कर्मचारीबीच बारामा ठूलो झडप भएको छ । झडपमा परी केही स्थानीयको टाउको समेत फुटेको छ । झडपका क्रममा प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गर्दा तीन जना स्थानीयको टाउको फुटेको हो । बाराको कलैयास्थित विद्युत […]
लोकसेवाले निकालेको ९ हजारको दरवन्दी रद्द गर्न संसदीय समितिको निर्देशन
काठमाडौं, २७ जेठ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पूर्ती गर्न निकालेको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन गरेको छ । आयोगले अहिलेसम्मकै बढी ९ हजार कर्मचारी पूर्ती गर्नका लागि विज्ञापन खोलेको थियो । आयोगको विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नभएको भन्दै समितिले रद्द गर्न निर्देशन दिएको हो । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु […]
भक्तपुर नगरपालिकाले दिन शुरु गर्यो शैक्षिक ऋण
भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक ऋण वितरण सुरु गरेको छ । ६ प्रतिशत ब्याजमा बढीमा पाँच लाखसम्म पाइने उक्त ऋण भक्तपुर नपाले चालू आर्थिक वर्षमा ३६ जना विद्यार्थीलाई वितरण गरेको हो । आइतबार एक कार्यक्रमबीच भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले निवदेन दिएका ३६ जनालाई शैक्षिक ऋण प्रदान गरेका हुन् । भक्तपुर […]
बिहे भोजमा विषाक्त खानाले ४२ जना विरामी
सिन्धुपाल्चोक, २७ जेठ । बिहे भोजको विषाक्त खानाले बलेफी गाउँपालिका ५ मूलाबारी गाउँमा ४२ जनामा एकैसाथ झाडापखाला महामारी फैलिएको छ । १८ वर्षीया सुशीला भुजेल, २३ वर्षीया संगीता भुजेल र ३४ वर्षीया विमला कार्कीको अवस्था गम्भीर भएपछि राजधानीस्थित शिक्षण अस्पताल लगिएको छ । गत बिहीबार बिहे भोज खाएका जन्ती धमाधम बिरामी पर्न थालेपछि गाउँमा आतंक मच्चिएको बलेफी […]
नेयमारविनै ब्राजिलको होन्डुरसमाथि ७ गोल !
एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले पराजित गरेको हो । चोटका कारण ब्राजिलले स्टार फरवार्ड नेयमारलाई गुमाएपनि अन्य खेलाडीले उनको अभाव हुन दिएन । ६ जुनमा कतारविरुद्ध २–० को जित निकालेको […]
पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन
एजेन्सी । आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो । पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्काे ठुलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको हो । रोनाल्डोको ५३औं ह्याट्रिक मद्दतमा पोर्चुगलले सेमिफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा […]











