काठमाडौं । दार्चुलाको एक विद्यालयमा प्राङ्गनमा एकैसाथ चार जना बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे नौगढ गाउँपालिका वार्ड नं ४ मा रहेकाे गणेश विनायक माध्यमिक विद्यालयको प्राङ्गणमै ४ बालबालिकाको मृत्यु भएको हाे। जिल्ला प्रहरी कार्यालय दार्जुलाका अनुसार विद्यालयकाे ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक […]
मुख्य समाचार
निमावि तहको पश्चिम, म.प. र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक
भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको तीन विकास क्षेत्रको सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलवार निम्नमाध्यमिक तहको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । पश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न […]
लोकसेवाको विज्ञापन रोक्ने षड्यन्त्र विरुद्ध विद्यार्थीहरुले सुरु गरे सडक आन्दोलन
काठमाडौं । लोक सेवा आयोगबाट स्थानीय सेवाका कर्मचारी भर्नाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न भनेर जारी भएको निर्देशनविरुद्ध सडक आन्दोलन शुरु भएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनविरुद्ध मंगलबारदेखि सडक आन्दोलन शुरु भएको हो ।लोक सेवाको तयारीमा रहेका युवाहरुले संसदीय समितिले दिएको निर्देशनको विरोध गर्दै मंगलबार काठमाडौंको माइतघरमा प्रदर्शन […]
भित्तेपात्रो प्रकाशनमा कडाइ, अनुमती बेगर प्रकाशन गर्न नपाइने( हेर्नुस सूचना )
नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिना स्वीकृति भित्तेपात्रो समेत प्रकाशन नगर्न सूचना जारी गरेको छ । समितिद्वारा जारी सूचनामा पात्रो संगै भित्तेपात्रो पनि स्वीकृति लिएर मात्र प्रकाशन गर्न भनिएको छ । पञ्चाङ्ग प्रकाशन गर्न इच्छुक व्यक्ति अथवा संस्थाले यसै आर्थिक वर्षको असार मसान्त सम्म निवेदन दिइसक्नुपर्ने समय सीमा तोकिएको छ । म्याद नाघेर आएको पञ्चाङ्ग उपर […]
मेलम्ची आउने टुङ्गो नभएपछि मन्त्री विना मगरले गरिन अझै ठूलो खानेपानी आयोजनाको शिलन्यास
कास्की । खानेपानी मन्त्री बिना मगरले पोखरामा देशकै दोश्रो ठूलो खानेपानी सुधार आयोजनाको शिलन्यास गरेकी छिन् । मन्त्री मगरले नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार आयोजनाको शिलन्याश गरेकी हुन् । खानेपानी क्षेत्रमा देशमा सञ्चालित मेलम्ची पछिको दोस्रो ठूलो आयोजनाको रुपमा लिइएको खानेपानी संस्थानअन्तर्गत सञ्चालन हुने सो […]
शिक्षक लाइसेन्स हरेक पाँच वर्षमा नविकरण गर्नुपर्ने, मापदण्ड पुरा नगरे खारेज हुने
काठमाडौं । एकपटक शिक्षण अनुमतिपत्र(शिक्षक लाइसेन्स) प्राप्त गरेका शिक्षकहरूले आफूले प्राप्त गरेको अनुमतिपत्रको हरेक पाँच–पाँच वर्षको अन्तरालमा नविकरण गर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । मस्यौदामा हरेक पटक अनुमति पत्र नविकरण गर्नका लागि शिक्षकले कुनै पनि माध्यमबाट तोकिएको सक्षमता हासिल गर्न तालिम वा […]
को हुन् ‘बौद्धमार्गी बिन लादेन’?
उनी मस्जिदलाई शत्रुको आधारस्थल र मुसलमानहरूलाई ‘बौलाहा कुकुर’ भन्दै मुसलमानहरूले बर्मेली महिला ‘चोरेको र बलात्कार गरेको’ एवम् ‘छिटोछिटो बालबालिका जन्माएको’ आरोप लगाउँछन् । वर्षौँसम्म म्यान्मारले विश्वकै सबैभन्दा विवादित बौद्धभिक्षु अशिन विराडुलाई संरक्षण गर्यो जसले गर्दा उनलाई कटु भाषा बोल्न प्रोत्साहन मिल्यो । तर नोबल शान्ति पुरस्कार पाएकी आङ साङ सू चीविरुद्ध कडा अभिव्यक्ति दिएपछि अदालतले […]
काउन्सिल विधेयक फिर्ता नलिएसम्म महासंघको आन्दोलन जारी रहने, तेस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ । महासंघका महासचिव रमेश विष्टले सो विधेयक फिर्ता नभएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएका हुन् । उनले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्न पनि चासो नदिएको भन्दै दुःख पनि व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव विष्टले आफूहरुको […]
आफ्नै छोरीलाई जवर्जस्ती करणी गर्ने उपसचिव यसरी समातिए, पशुतुल्य बाबुको कुकर्म पर्दाफास
ललितपुर । ललितपुर प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गर्ने एक बाबुलाई पक्राउ गरेको छ । सोमबार उनलाई धोविघाटस्थित घरबाट पक्राउ गरिएको हो । प्लस टु पढ्ने १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा उजुरी परेपछि बाबु पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले पुष्टी गरेको छ । महोत्तरी स्थायी ठेगाना भै हाल ललितपुर धोविघाट बस्दै आएका […]
हुवाई ‘हामी संसारको अगाडि नाङ्गै उभिएका छौँ’
काठमाडाैं । चिनियाँ प्रविधि कम्पनी ह्वावेईले आफ्नो चीन सरकारसँग कुनै सम्बन्ध नभएको दाबी गरेको छ। उक्त कम्पनीका साइबर-सुरक्षाप्रमुख जोन सफिकले सांसदहरूलाई चीन वा अरू कुनै देशले ह्वावेईलाई कहिल्यै पनि “कुनै अवाञ्छित काम” गर्न नभनेको बताए। बाहिरका विशेषज्ञलाई आफ्ना उत्पादनको विश्लेषण गर्न र तिनमा कुनै प्राविधिक त्रुटि रहेको भए त्यो पत्ता लगाउन दिन ह्वावेई तयार रहेको […]











