भित्तेपात्रो प्रकाशनमा कडाइ, अनुमती बेगर प्रकाशन गर्न नपाइने( हेर्नुस सूचना )

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिना स्वीकृति भित्तेपात्रो समेत प्रकाशन नगर्न सूचना जारी गरेको छ । समितिद्वारा जारी सूचनामा पात्रो संगै भित्तेपात्रो पनि स्वीकृति लिएर मात्र प्रकाशन गर्न भनिएको छ ।

पञ्चाङ्ग प्रकाशन गर्न इच्छुक व्यक्ति अथवा संस्थाले यसै आर्थिक वर्षको असार मसान्त सम्म निवेदन दिइसक्नुपर्ने समय सीमा तोकिएको छ । म्याद नाघेर आएको पञ्चाङ्ग उपर कुनै छलफल नहुने बताइएको छ ।

बजारमा आएका केहि पञ्चाङ्गका कारण तथ्याङ्ग तोडमोड भएको र गलत तथ्याङ्ग प्रयोग गरी भ्रम शृजना गरेको भन्दै समितिले पूर्व स्वीकृतिलाई अनिवार्य गर्न खोजेको जानकारी प्राप्त भएको छ ।

हेर्नुस सूचना

Loading...