हेटौडामा कार दुर्घटनामा परी ५ घाइते

हेटौंडा । हेटौंडाको सामरी पुलमा एउटा भारतीय नम्बर प्लेटकाे कार दुर्घटना परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले साँझ साढे पाँच बजेको समयमा उक्त कार दुर्घटनामा परेकाे जनाएकाे छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।  

मकवानपुरकै भैसैबाट हेटौँडा बजारतर्फ आइरहेको कार अनियन्त्रित भइ पुलको बारमा ठाेक्किएर दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा पर्ने भारतीय डी आई ९ सिएल ४५३१ नम्बरको कार हाे । 

दुर्घटनाबाट घाइते भएका पाँचै जनालाइ उपचारको लागि हेटाैडास्थित अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

Loading...