पेन्टागन एकेडेमीमा आन्तरिक राजस्व कार्यालयको छापा

हेटौंडा । हेटौँडाकाे एक इन्स्च्यूटमा आन्तरिक राजश्व कार्यालयले छापा मारेकाे छ । हेटाैडा उपमहानगरपालिका वार्ड नं. ४  स्कूलरोडमा रहेको पेन्टागन एकेडेमीले कर छली गरेको सूचना अाएपछि राजश्व कार्यालयले छापा मारेकाे हाे । 

उक्त इन्स्च्यूटले झुटा विवरण बनाएर कर छली गरेकाे भन्ने उजुरी परेपछि राजश्व कार्यालयकाे टाेली पेन्टागन एकेडेमी पुगेकाे थियाे । टाेलीले उक्त इन्स्च्यूटबाट कर सम्वन्धि सबै कागजात बरामद गरेकाे छ । राजश्व कार्यालयले यसका बारेमा थप अनुसन्धान समेत थालेको छ ।

पेन्टागनले बिषयगत स्वीकृत अनुमती पत्र नलिई बिगत एक दशक देखी बिभिन्न बिषयको कोर्ष पढाउने बहानामा बिद्यार्थीबाट अनावश्यक रकम उठाएर राज्यलाई तिर्नुपर्ने करमा समेत छली गरेको आरोप उपभोक्तवादीको रहेको छ ।

पेन्टागन एकेडेमीले हेटौंडा बजारको मुटु मानिने स्कुल रोडमा ८ वटा कोठा रहेको घर भाडामा लिएर विभिन्न कोर्षका विषयहरु पढाइरहेको उक्त घरको सम्झौतामा समेत राज्यलाई कर छल्नको एकदम न्युन घरबहाल कर देखाएर फर्जी सम्झौता गरेको पाइएको छ ।

पेन्टागनमा आउने विद्यार्थीहरुको चापलाई हेर्ने हो भने वार्षिक ५० लाख भन्दा बढि रकमको कारोबार हुने देखिन्छ । तर त्यति धेरै रकमको कारोबार हुँदा पनि राज्यलाई कर भने न्यन करिब ६ हजार मात्र तिरेको दाबी श्रोतको रहेको छ ।

विद्यार्थीबाट असुल गरेको रकममा पेन्टागनले कर छली गरेको भन्ने सुचनाको आधारमा राजस्वले छानबिन सुरू गरेको आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख शान्त बहादुर ढकालले जानकारी दिए ।

‘पेन्टागनको सबै कागजपत्र हामीले जफत गरेर छानबिन सुरू गरेका छौ, कर छलि गरेको पाइएमा नियम अनुसार कार्वाही गर्छौं, प्रमुख ढकालले भने ।

अनुमती बिना सन्चालन गरेको भनी शिल गरिएको पेन्टागन को प्रशासनले शिल खोल्न लगाएको केही दिनमै राजस्वले छानबीन थालेको हो । हेटौंडामा सन्चालन भैरहेका केही शैक्षिक संस्था बाहेक ४ दर्जन संस्थाहरुको इजाजत अनुमति पत्र नभइ कक्षा सन्चालन गरिरहेको सुचनाको आधारमा कर कार्यलयले अनुगमनलाई तिब्रता दिएको हो ।

 

Loading...