ठाउँ ठाउँमा पहिरो गएपछि बल्खु–कुलेखानी–हेटौडा र बनेपा-बर्दिवास जोड्ने सडक ठप्प

काठमाडाैं । अविरल वर्षापछि पहिरो गएका कारण बल्खु कुलेखानी हुँदै हेटाैडा चल्ने यातायात ठप्प भएका छन् । त्यसैगरी काभ्रेकाे बनेपा–बर्दिवास सडक पनि ठप्प भएकाे छ । बाढी र पहिरोका कारण तराइृ जाेड्ने र तराइबाट राजधानी काठमाडौँ प्रवेश गर्ने यी दुई वैकल्पिक मार्ग अवरुद्ध भएपछि ठूलाे संख्यामा यात्रुले दु:ख पाएका छन्। यता सडक विभागले अबरुद्ध भएका […]

नदी किनारमा भेटियो टाउको नभएको एक पुरुषको शव

हुम्ला, २९ असार । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु स्थित कर्णाली नदी किनारमा एकजना पुरुषको शव भेटिएको छ । नदीको किनारमा ढुङ्गाको छेउमा रहेको बेडुको रुखको लहरोमा शव अड्किएको अबस्थामा देखिएको हो । नदीको बहावसँग हल्लिँदै गरेको चिज देखिएपछि नदी किनारामा जाँदा घाँटी भन्दा तलको शरीर मात्र भएको पुरुष व्यक्तिको शव देखेको प्रत्यक्षदर्शी दिपेन्द्र शाहीले बताए […]

खतरा बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी, २९ असार । पानीकाे वहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । लगातारको अविरल वर्षाले पूर्वी पहाडमा बाढी आउँदा सप्तकोशीमा पानीको बहाव उच्च भएकाे छ । वहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको हाे । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले ब्यारेजका ५६ वटै ढाेका खाेलिएपछि अहिले नदीमा पानीको सतह […]

पाल्पावासीलाई हजारको नोट बुझाएर खोला वारपार गर्नुपर्ने बाध्यता

बेझाङ, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् । […]

कुबेतमा आगलागी हुदा ३ नेपालीको ज्यान गयो

एजेन्सी । कुबेतको आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको मृत्यु भएको छ। महावुल्ला–२ स्थित कामदार बस्ने भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन। पहिचानको प्रयास भैरहेको दुताबासले जनाएको छ […]

‘माओवादी नेताले नै बसाले, उनैले नै उठीबास लगाए’

कैलाली । बाँसले बनाएको सानो झुप्रो । झुप्रोभित्र बालकलाई काखमा राखेर दूध चुसाउँदै थिइन् देवी विक । एक्कासि हातमा गैटी, चक्कु, कोदालो, करेंत बोकेको एक समूहले झुप्रोमा गैटीले हिर्काउन थालेपछि उनी त्रासमा बाहिरिइन् । त्रसित उनले हात जोड्दै बिन्ती गरिन्, ‘पकाएको खाना खान दिनुस् । त्यसपछि भत्काउनु होला घर ।’ छेउमै रहेकी अर्र्की महिलाले कराउँदै […]

सडक विभागको कारण भक्तपुरमा खोलाले किसानको बाली नष्ट पार्यो : मेयर प्रजापति

भक्तपुर, २८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सल्लाघारी र राधेराधे पुलमुनि खोलाको सतहभन्दामाथि ढलान गरेको कारण वर्षामा खोलाको पानी बाहिर आएको बताएका छन् । थोरै पानी पर्दा पनि हनुमन्ते खोलाको पानी खेत खेतमा पसी बालीमा क्षति भएको बताउदै प्रमुख प्रजापतिले तत्काल ढलान हटाइ पानीको बहाव स्वाभाविक गतिमा बग्न दिनुपर्नेतर्फ प्रजिअ र सडक विभाग […]

सर्लाहीमा १६ सय घर डुवानमा १० हजार परिवार बिस्थापित : वागमतीले बाढ्यो राहत

सर्लाही, २८ असार । बुधबारदेखि परेको अविरल वर्षाका कारण सर्लाहीको जनजीवन पनि प्रभावित बनेको छ । वर्षाको कारण जिल्लाको दक्षिणी क्षेत्र बढी मात्रामा प्रभावित बनेको हो । वर्षाको कारण जिल्लामा १ हजार ६ सय भन्दा बढी घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताएका छन । त्यस्तै वर्षाका […]

शिक्षक सरुवाको विषयमा कर्मचारीमाथि हातपात नगरिएको नेपाली काँग्रेसको स्पष्टोक्ति

हुम्ला । शिक्षक सरुवाको विषयलाई लिएर शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा कुनै कर्मचारी माथि हातपात नगरिएको नेपाली काँग्रेसका सभापति जयपति रोकायाले बताएका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा सत्य तथ्य नबुझि समाचार सम्प्रेषण गरिएको प्रति दुख व्यक्त गर्दै अर्नगलमा समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारकर्मीलाई सभापति रोकायाले सचेत गराएका हुन् । सामाजिक सञ्जाल […]

बाढीमा ज्यान गुमाउनेका परिवारलाई ३/३ लाख दिने प्रदेश सरकारको निर्णय

जनकपुर, २८ असार । प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति स्वरुप रु ३/३ लाख दिने निर्णय गरेको छ । प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक बैठकले सो निर्णय गरेको हो । पछिल्लो समयमा बाढीका कारण प्रदेश २ आक्रान्त छ । यो समस्या कसरि ब्यबस्थापन गर्ने भन्ने बारे निर्णय गर्नको […]