नदी किनारमा भेटियो टाउको नभएको एक पुरुषको शव

हुम्ला, २९ असार । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु स्थित कर्णाली नदी किनारमा एकजना पुरुषको शव भेटिएको छ । नदीको किनारमा ढुङ्गाको छेउमा रहेको बेडुको रुखको लहरोमा शव अड्किएको अबस्थामा देखिएको हो ।

नदीको बहावसँग हल्लिँदै गरेको चिज देखिएपछि नदी किनारामा जाँदा घाँटी भन्दा तलको शरीर मात्र भएको पुरुष व्यक्तिको शव देखेको प्रत्यक्षदर्शी दिपेन्द्र शाहीले बताए ।

कर्णाली नदी किनारामा शव भेटिएको खबर आएको र त्यसतर्फ याङ्चु प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताएका छन् ।

शव भेटिएको स्थान भन्दा चार सय मिटरमाथि कर्णाली नदीमा असार ३ गते जिप दुर्घटना भएको थियो । जीपमा ड्राईभर सहित ११ जना यात्रु सवार थिए । जसमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको शव केही दिन अगाडि सर्केगार्डमा भेटिएको थियो ।

अरु भने हालसम्म बेपत्ता अबस्थामै रहेका छन् । तर हाल देखिएको शव सो दुर्घटनामा बेपत्ता भएकाहरु मध्येको हो या होइन खुलेको छैन ।

Loading...