रोमान्चक खेलमा मलेसिया ६ रनले पराजित : नेपालको ऐतिहासिक सिरिज क्लिन स्विप

Avinash Bohara

मलेसियालाई दोश्रो टि-२० मा ६ रनले पराजित गर्दै नेपालले २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-० ले जित्दै इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप जित हाँसिल गरेको छ। यस अघि नेपालले युएईलाई २-१ ले पराजित गर्दै सिरिज जित हँसिल गरे पनि क्लिन स्विप गरेको थिएन।

किनरारा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा मलेसियाले आक्रामक सुरुवात गर्यो। पहिलो विकेटको लागि भिरनदिप सिंह र  सयद अजिजले ७५ रनको साझेदारी गरे।

दशौँ ओभरमा अविनाश बोहराले भिरनदिपलाई विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराएर साझेदारी तोडे। अघिल्लो खेलमा अर्धशतक बनाएका भिरनदिपले २३ बलमा २ चौका र १ छक्का मदतले २३ रन बनाए।

पहिलो विकेट गुमे पछि भने मलेसियाले लगातार विकेट गुमाउन पुग्यो। अर्धशतक पुरा गरेर सयद अजिजलाई सोमपालले ११ औं ओभरमा क्याच आउट गराए। उनले ३७ बलमा ७ चौका र १ छक्का मदतले ५० रन बनाए।

त्यसपहि सोमपालले १३ औं ओभरमा १० रन बनाएका शफिक शरिफलाई क्याच आउट गराए। सन्दिप लामिछानेले  ७ रन बनाएका अनवर अरुदीनलाई क्याच आउट गराए। कप्तान अहमद फैज पनि १७ रन बनाएर आउट भए।

मलेसिया १६ औं ओभरमा ११५/५ को नाजुक अवस्थामा पुग्यो।

त्यसपछि छैठौं नम्बरमा ब्याटिंग गर्न आएका अमिनुद्दीन रामलेले विस्फोटक ब्याटिंग गर्दै मलेसियाको सम्भावना कायम राखे। कप्तान पारसले गरेको १७ औं ओभरको पहिलो , चौथो र पाँचौ बलमा अमिनुद्दीनले छक्का प्रहार गरे। सोहि ओभरको अन्तिम बलमा अर्को छक्का हान्ने चक्करमा उनि लंग अफमा क्याच समातिन पुगे। अमिनुद्दीनले ११ बलमा ३ छक्का मदतले २४ रन बनाए।

अन्तिम २ ओभरमा मलेसियालाई २८ रन आवस्यक हुँदा करन केसीले गरेको १९ औं ओभरको पहिलो २ बलमा मुहमद स्याहादतले चौका र  छक्का प्रहार गरे। ओभरको पाँचौ बलमा करनले मुनिएन्डीलाई क्क्याच आउट गराएर सातौँ विकेट दिलाए।

अन्तिम ओभर

अन्तिम ओभरमा मलेसियालाई ६ बलमा १४ रन आवस्यक थियो। बलिंग गर्न आए अविनाश बोहरा।

पहिलो बलमा लेग बाइमा १ रन आयो भने दोश्रो बलमा स्याहादतले २ रन लिए। अविनाशले त्यसपछि लगातार ३ बलमा रन दिएनन्। अन्तिम बलमा स्याहादतले चौका प्रहार गरे पनि जित दिलाउन सकेनन्।

स्याहादतले अविजित ११ बलमा २१ रन बनाए जुन क्रममा २ चौका र १ छक्का प्रहार गरे।

नेपालको बलिंगमा सोमपाल कामि र सन्दिप लामिछानेले २/२ विकेट तथा करन केसी  , अविनाश बोहरा  र पारस खड्काले १/१ विकेट लिए।

बिनोदको विस्फोटक अर्धशतक 

किनरारा ओभल मैदानमा टस जितेर नेपालले ब्याटिंग गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार गरेको थियो।

ओपनिंगमा आएका पवन सर्राफ र पारस खड्काले पहिलो विकेटको लागि ३४ रनको साझेदारी गरे। पाँचौ ओभरमा सर्राफ रन आउट हुन पुगे जस अघि उनले ११ बलमा २ चौका मदतले १० रन बनाए।

पवनको विकेट पछि ज्ञानेन्द्र मल्लले १ छक्का प्रहार गरे पनि फित्री शामलाई ठुलो सट खेल्ने चक्करमा विकेट दिन पुगे। ३ बलमा उनले ७ रन बनाए। ज्ञानेन्द्रको विकेट लगत्तै अर्को बलमा पारस खड्का पनि फित्रीको बलमा क्याच आउट हुन पुगे। १९ बलमा पारसले २ चौका र २ छक्का प्रहार गर्दै २३ रन बनाए। ४२/३ पुगेको नेपालको योगफललाई त्यसपछि शरद भेसावकर र रोहित पौडेलले अघि बढाए।

१३ औं ओभरमा रोहित सयद अजिजबाट क्याच आउट हुन पुगे। २३ बलमा उनले १९ रन बनाए जुन क्रममा शरदसंग ४६ रनको साझेदारी गरे।

त्यसपछि ब्याटिंग गर्न आएका बिनोद भण्डारीले आक्रामक सटहरु खेल्दै शरदलाई साथ दिए। शरदलाई १६ औं ओभरमा मुनिएन्डीले क्याच आउट गरे जसले २८ बलमा ४ चौका र २ छक्का मदतले ४० रन बनाए।

शरदको विकेट पछि करन केसीले १० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाएर आउट भए।

त्यस पछि बिनोद भण्डारीले आक्रामक ब्याटिंग गर्दै नेपालको इनिंग अन्त्य गरे। इनिंगको अन्तिम बलमा उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पनि पुरा गरे। उनले मात्र २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बिनोदको यो पहिलो अर्धशतक हो।

मलेसियाको बलिंगमा फित्री शामले ३ विकेट  , सयद अजिज  र एस मुनिएन्डीले  १ विकेट लिए ।

Loading...