विश्वकप जित्ने टिमले कति पाउनेछ पुरस्कार ?

२०१९ एकदिवसीय विश्वकपको उपाधिको लागि आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्ड आइतबर प्रतिस्पर्धा गर्दैछन्। इंग्ल्याण्डले सेमीफाइनलमा गत संस्करणको विजेता अस्ट्रेलियालाई तथा न्युजिल्याण्डले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। इंग्ल्याण्ड र न्युजिल्याण्डले हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन तसर्थ यो पटक विश्व क्रिकेटले नयाँ विश्वकप विजेता टिम पाउनेछ।

विश्वकप जित्नु आफैमा ठुलो कुरा रहेको छ जसलाई इतिहासले याद गर्ने गर्छ। अर्कोतर्फ विश्वकप जित्दा टिमले सुन्दर ट्रफी पाउनेछ भने त्योसंगै निकै ठुलो नगद पुरस्कार समेत पाउने गर्छ।

विश्वकप २०१९ विजेताले कति पाउनेछ पुरस्कार ? 

विश्वकपको विजेता टिमले ४ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ जुन हालसम्मकै क्रिकेट विश्वकपमा दिईएको मध्ये सर्वाधिक हो। यस अघि सन् २०१५ को एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले ३.९७५ मिलियन डलर पुरस्कार पाएको थियो। यस्तै सन् २०११ मा भारतले विश्वकप जित्दा ३.२५ मिलियन डलर पुरस्कार पाएको थियो।

यो पटक उप-विजेता टिमले २ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ। २०१५ मा १.७५ मिलियन डलर उप-विजेता न्युजिल्याण्डले पाएको थियो।

नेपाली रुपैयाँमा हिसाब गर्दा विजेता टिमले रु. ४३,८१,२०,००० अर्थात् ४३ करोड ८१ लाख २० हजार रुपैयाँ पाउनेछ। उपविजेता टिमले २१ करोड ९० लाख ६० हजार रुपैयाँ पाउनेछ।

आईसीसीले पुरस्कार रकममा कुल १० मिलियन डलर खर्च गर्नेछ जुन १ अरब ९ करोड ५३ लाख नेपाली रुपैयाँ हो।

प्रतियोगिताको सेमीफाइनलमा पराजित हुने टिम भारत र अस्ट्रेलियाले ८ लाख डलर पाउनेछ भने लिग चरणको प्रत्येक खेल जित्ने टिमले प्रत्येक जितबापत ४० हजार डलर पाउनेछ। लिग चरणमा कुल ४५ खेल खेलिएको थियो। यस्तै लिग चरण पार गर्ने अस्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्युजिल्याण्डले थप १ लाख डलर पाउनेछन्।

कसलाई कति पुरस्कार ? 

ICC CWC 2019 – Prize Money   Total
Winner (1) $ 4,000,000 $ 4,000,000 $ 4,000,000
Runner-up (1) $ 2,000,000 $2,000,000 $2,000,000
Losing Semi-Finalist (2) $800,000 $ 800,000 $ 1,600,000
Winner of Each League Stage Match (45) $ 40,000 $ 40,000 $ 1,800,000
Teams that do pass the League Stage (6) $ 100,000 $ 100,000 $ 600,000
Total $10,000,000   $10,000,000

फुटबल विश्वकपसंग तुलना गर्ने हो भने क्रिकेटको रकम थोरै देखिन आउछ।  फिफाले आयोजना गरेको फुटबल विश्वकप २०१८ को विजेता टिमले ३८ मिलियन डलर पुरस्कार पाएको थियो भने कुल पुरस्कार रकम ४०० मिलियन डलर रहेको थियो।

Loading...