भारतको सपना चकनाचुर पार्दै इग्ल्याण्डका महिला बने विश्वकप विजेता

काठमाडाै‌ । भारतकाे उपाधी जित्ने सपनामाथि पानी खन्याउँदै महिला विश्वकप क्रिकेटमा इ‌ग्ल्याण्ड विजयी बनेकाे छ । इ‌ग्ल्याण्डमै भएकाे महिला विश्वकप क्रिकेटमा अायाेजक राष्ट्रले भारतलार्इ ९ रनले पराजित गरेकाे छ ।

२ सय २९ रनको मध्यम स्कोर पछ्याउने क्रममा भारत ३ विकेटको क्षतिमा १ सय ९१ रनको सहज स्थितिमा रहेको थियो । तर, आन्या श्रवसोलले ८६ रन बनाएकी पुनम राउतलाई एलबिडब्लुको धरापमा पारेपछि भारतको नाटकीय पतन शुरु भएको थियो । भारतले पछिल्ला ७ विकेट मात्र २८ रनमा गुमाउन पुग्यो ।

फास्ट बलर आन्याले ४६ रन खर्चेर ६ विकेट लिँदै इंग्ल्याण्डका लागि जितको आधार तय गरिन् । ८ बल बाँकी छँदै भारत २ सय १९ रनमा अल आउट हुन पुग्यो । कुनै पनि बलरले विश्वकपको फाइनलमा गरेको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो ।

विश्वकपको फाइनलमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउने क्रममा रहेको भारतविरुद्ध आन्याले १९ बलमा ११ रन खर्चेर ५ विकेट लिएकी थिइन् । अस्ट्रेलियाविरुद्ध शतकीय पारी खेलेकी हर्मनप्रीत कौरले ५१ रनको योगदान दिए पनि भारतलाई हारबाट जोगाउन सकिनन् ।

यसअघि पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डले ७ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । इंग्ल्याण्डका लागि नटाली स्कीभरले ५१ तथा शारा टेलरले ४५ बनाइन् । सन् २००९ पछि इंग्ल्याण्डले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । समग्रमा विश्वकपको उपाधि जितेको इंग्ल्याण्डले चौँथो पटक हो ।

Loading...