हुम्ला । लिमीका निर्माण गरिएका ग्रीनहाउसबाट सेतो हिउँभित्र पनि हरियो तरकारी खान पाउँदा अचम्म मान्ने गरेको छन् लिमीबासीहरू तर पनि यो कुरा भन्ने सत्य हो हिउँभित्र हरियो तरकारीको परिकार ।
लिमीको तीन गाउँमा ग्रीनहाउस निर्माण गर्दा अचम्मको कौतुहलता र अवस्था सिर्जना भएको छ । यहाँ बर्षको नौ महिना सेताम्य हिउँ मात्र हुने भएकाले पनि हरियो परियो पनि एक नयाँ विषय र सन्दर्भ बन्ने गरेको जानकारी लिमी हल्जी गाउँका खेन्राव लामाले बताए ।
उनले पनि ठूलो लगानी र दुःख गरेर आफ्नो घरको अगाडि ग्रीनहाउस तयार गरेको तीन वर्ष भयो । हिउँभित्र हरियो तरकारी खान पाउँदा अनौठो, अचम्म र एक जादुमय अनुभव भएको बताए ।
लिमी तीन गाउँको बस्ती पनि चार हजार मिटरभन्दा अग्लो छ । यसैले यो क्षेत्र टुन्ड्रा वनस्पतिले भरिने क्षेत्र भएकाले यहाँ हरियो वस्तु नै एक नौलो हुने स्थानीयहरू बताउने गर्छन् ।
यसरी तीन चार वर्षदेखि सीमित मात्रामा भए पनि ग्रीन हाउस बनाएर हिउँदको समयमा सागपात खान पाउनु पनि एक ऐतिहासिक र नौलो भएकाले यो काम प्रति स्थानीय गाउँलेहरू आकर्षित भए पनि काठ टाढाबाट आपूर्ति गर्नुपर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने देखिन्छ । यसमा केही लगानी धेरै भए पनि स्थानीयबासीहरूको स्वास्थ्य सुधार आउन सक्ने भएकाले यसलाई सबै क्षेत्रले एक पटक सोच्नु पर्ने बेला आएको वडा अध्यक्ष पाल्जोर लामाको मत रहेको छ ।
लिमीका लागि ग्रीनहाउस एक नौलो, राम्रो र स्थानीयहरूको स्वास्थ्यमा सुधार ल्याउने राम्रो अभियान हुन सक्ने छ ।