कोरोनाबाट मृत्यु पहिलो हुम्ली कालु सिंह 

हुम्ला । पहिलो पटक कोरोनाबाट हुम्लीको मृत्यु भएको छ । उनी लामो समयदेखि स्वास्थ्यकर्मीका रुपमा बीर अस्पताल काठमाडोंमा कार्यरत थिए ।
 
लामो समयदेखि स्वास्थ्यकर्मीको रुपमा कार्यरत हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं १ प्युस गाउँका कालु सिंहको कात्तिक ११ गते बिहान ५ बजे कोरोनाका कारण मृत्यु भएको जानकारी खार्पुनाथ १ प्युस गाउँका स्थानीयबासी तथा मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिएका छन् । 
 
मृतक सिंहका  गाउँमा दुई भाई छन् भने आमाबाबुको मृत्यु धेरै पहिला मृत्यु भइसकेको छ । हाल उनका पत्नी दुई छोरा र एक छोरी रहेका छन् । 
 
कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट अहेव पास गरेका सिंहले शुरुवाती चरणमा जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा काम गरेका थिए भने वि.सं. २०४८÷०४९ सालतिर एक्कासी स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल नेपाजंगमा चेकजाँच गर्दा मुटुमा समस्या देखिएको थियो । त्यहाँ मुटुको उपचार गरेपछि स्वास्थ्यका कारण काठमाडौं वीर अस्पतालमा कार्यरत थिए । 
 
पछिल्लो समय सिनियर अहेवका रुपमा कार्यरत सिंहलाई कोरोना पुष्टी भएपछि दुई हप्ताभन्दा धेरै वीर अस्पतालको आईसियुबाट डिस्चार्ज भएर घरमा फर्केर स्वास्थ्य लाभ गरिरहेको थिए । 
 
कात्तिक ११ गते रात्ती उनको स्वास्थ्यमा एक्कासी समस्या आउनुका साथै श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल लिएको केही समयमा नै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । 
 
मृदुभाषी, सरल, बहुप्रतिभाशाली तथा मेहनती सिंहले धेरै बिरामीहरूलाई स्वास्थ्य क्षेत्रमा सेवा दिएका छन् तर पनि उनैलाई कोरोनाले ज्यान लियो । हुम्ला बाहिर बसेर कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।
 
उनी आफ्नो काममा दत्तचित भएर लाग्ने स्वास्थ्यकर्मी भएको उनका सहकर्मीहरूले बताएका छन् । उनी स्वास्थ्य क्षेत्रको हकहीतका लागि स्वास्थ्य गठन भएका विभिन्न पेशागत समुहमा पनि आवद्ध थिए ।  
Loading...