बिना नम्बरको कलबात फोटो वा भिडियो पठाउन कसैले भने तुरुन्त जानकारी दिन साइबर ब्युरोको अनुरोध

काठमाडौँ। प्रहरीप्रधान कार्यालय साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ।

विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा Unknown ,Private वा कुनैपनि नम्बर नै नदेखिने तथा सामाजिक सञ्जाल फेसबुक नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले ब्युरोले सूचना जारी गरी सबैमा सतर्क हुन आग्रह गरिएको हो ।
यस्ता गिरोहले प्रमाणीकरणका लागि सामाजिक सञ्जाल फेसबुक ,मेसेन्जरमा फोटो ,भिडियो पठाउन लगाउने तत् पश्चात फेसबुक , इ-मेल ह्याक गरि De -Active गर्नेगरेको ब्यूरोले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रविधिको दुरुपयोग गरि गरिएका गैर जिम्मेवारी तथा कानुन विपरित कार्येप्रती सजग भइ आफ्नो व्यक्तिगत कुनैपनि बिवरणहरु उपलव्ध नगराउन अनुरोध समेत गरेको छ। ब्युरोले येस्ता गतिविधि भएको भए नजिकैको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टेलिफोन ०१ – ४२१ ९०४४ , ४ २१ ९० ४८ मोबाइल नं ९८५१२ ८६ ७७० वा इ-मेल cyberbureu@ मा सूचना दिन अनुरुध गरेको छ।

Loading...