हुम्लामा पहिलो हिमपात किसानहरू खुशी तर माइनस् दश डिग्री तापक्रम

हुम्ला । हुम्ला सिमकोट लगायत दक्षिणी क्षेत्रतिर मंसिर १ गते पहिलो हिमपात हुँदा हुम्ली किसानहरू खुशी भएका छन् । तर पनि यहाँको तापक्रम माइनस् दश डिग्रीभन्दा कम रहेको छ ।

चार महिनासम्म हुम्लामा ठूलो वर्षा भएको छैन । यसबाट किसानहरू चिन्तित भएको अवस्थामा मंसिर १ गते हिमपात हुँदा जेठाँसी बालीहरू जौ, उवा र गहुँ छर्ने समयका लागि केही मात्रामा भए पनि सजीलो हुने सिमकोट ५की लक्ष्मी रोकायाले खुशी ब्यक्त गरिन् ।

हुम्ला लगायत हिमाली क्षेत्रमा हिउँलाई बहुउपयोगी साधन र साध्यका रुपमा लिने गरिन्छ । जस्तोः प्राकृतिक हेरालो, जैविका सिंचाईको स्रोत र अन्य विभिन्न रोकथामको एक मात्र साधन मानिएको ठेहे गाउँका अर्जुन वोहराको मत रहेको छ ।

आज मंसिर १ गते बिहान ५ बजेको तापक्रम माइनस् १० डिग्रीभन्दा कम रहेको थियो । अब धेरै बाहिर काम गर्नेहरू, कार्यालयमा काम गर्ने तथा बालबालिका लागि भने होसियारी अपनाउनु पर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

यो वर्ष गत भदौ महिनादेखि वर्षा नहुँदा गाउँमा हुने रुघाखोकी लगायतका रोगहरू बढ्ने चिन्ता गरिएको अवस्थामा समयमै हिमपात हुँदा यसलाई हिउँ हैन कि घिउ भन्ने गरेका छन् तर पनि अलि धेरै हिमपात हुने आशा गरिए पनि कम परेको किसानहरूको भनाई रहेको छ ।

Loading...