नेवार समुदायले आज भाइटीका लगाउँदै

काठमाडौँ। नेवा: समुदायले आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर किजा पुजा ( भाइटिका ) मनाउदै छन् । केहि समुहले सोमबार नै किजपुजा मनाएका छन्, भने यसैगरि आज पनि एकअर्कालाई टीका लगाइदिएर दाजुभाइ–दिदीबहिनीहरुले सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्द मनाइदै छन् ।   नेपाल पञ्चाङ्ग निर्णायक समितिले सोमबार यमपञ्चकको अन्तिम दिन भनिएता पनि नेवा: समुदायले आज भाइटिका गर्न लागिएको हो । नेपाल सम्वत्को न्हूदँ ११४१ ( नयाँ बर्ष ) मनाई साझा म्हपुजा ( आत्मा, शरीर ) पुजा गरेका हुन्। मानिसले आत्मा बात आफ्नै शरीर पुजा गर्ने यो परम्परा शास्त्रीय भएको समितिका सदस्य कीर्तिमदन जोशी बताउनु हुन्छ ।

परम्परा अनुशार म्हपुजाको अर्को दिन आज मंगलबार आज यो समुदयले परम्परा अनुसार भाइटिकामा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदै छन् । किजा पूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

बालगोपालेश्वर आजपनि खुला –

यसै गरि रानीपोखरी स्थित बाल्गोपलेश्वर आजपनि सर्व साधारणका लागि खुल्ला गरिएको छ। वर्षमा एक दिनमात्र यसरी खुल्ला गरिने यो मन्दिर नेवा : समुदायले किजा पुजा मनाउने भएकाले आज पनि बिहान ५ बजे देखि साझा ५ सम्म खुल्ला गरिएको हो। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो ।
दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

Loading...