बाढीमा ज्यान गुमाउनेका परिवारलाई ३/३ लाख दिने प्रदेश सरकारको निर्णय

जनकपुर, २८ असार । प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति स्वरुप रु ३/३ लाख दिने निर्णय गरेको छ ।

प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक बैठकले सो निर्णय गरेको हो । पछिल्लो समयमा बाढीका कारण प्रदेश २ आक्रान्त छ । यो समस्या कसरि ब्यबस्थापन गर्ने भन्ने बारे निर्णय गर्नको लागि मन्त्रिपरिषदको आपतकालिन बैठक बोलिएको थियो ।

बैठकले प्रदेश २ का प्रभावित जिल्लामा तत्काल १०–१०लाख रुपैया निकासा गरी त्रिपाल, खाना लगायत समाग्री उपलब्ध गराउने निर्णय गरेको छ।

यस्तै बैठकले हेलिकप्टर, सेना, प्रहरी ,सशस्त्र प्रहरी लगायतलाई उद्दार र राहत कार्यमा जुटाउनका लागि संघ सरकारलाई आग्रह समेत गरेको छ । साथै यो संकटको बेलामा सबैलाई सहयोग र सहकार्य गर्न पनि अनुरोध पनि प्रदेश सरकारले गरेको छ ।

Loading...