फेसबुकलाई अर्बौ डलर जरिवाना

अमेरिकाको संघीय व्यापार आयोगले फेसबुकले पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नुपर्ने बताएको छ।

संघीय व्यापार आयोग एफटीसीले फेसबुकले क्याम्ब्रिज एनलाइटिकालाई उसका प्रयोगकर्ताको डेटा बेचेको नबेचेको बारेमा अध्ययन गरिरहेको छ।

एएफटीसीले फेसबुक दोषी रहेकाले उसले ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने विषय अुमोदन गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन्।

एफटीसी अमेरिकाको नियामक संस्था हो। यसले गतवर्षको मार्चदेखि फेसबुकमाथि अनुसन्धान गरिरहेको छ।

फेसबुकले लाखौं प्रयोगकर्ताको डेटा अवैध रुपमा क्याम्ब्रिज एनलाइटिकालाई बेचेको आरोप लागेपछि एएफटीसीले अनुसन्धान थालेको थियो।

अधिकारीहरुका अनुसार जरिवानाको विषय अमेरिकी न्याय विभागले अन्तिम रुप दिन बाँकी छ। यस विषयमा फेसबुकले कुनै प्रतिक्रिया जनाएको छैन।

फेसबुकले जरिवाना तिर्नुपर्ने खबरहरुका बीच फेसबुकको सेयरमा कुनै समस्या उत्पन्न नभएको जनाइएको छ।

Loading...