शिक्षक सरुवाको विषयमा कर्मचारीमाथि हातपात नगरिएको नेपाली काँग्रेसको स्पष्टोक्ति


हुम्ला । शिक्षक सरुवाको विषयलाई लिएर शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा कुनै कर्मचारी माथि हातपात नगरिएको नेपाली काँग्रेसका सभापति जयपति रोकायाले बताएका छन् ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा सत्य तथ्य नबुझि समाचार सम्प्रेषण गरिएको प्रति दुख व्यक्त गर्दै अर्नगलमा समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारकर्मीलाई सभापति रोकायाले सचेत गराएका हुन् ।

सामाजिक सञ्जाल र केही मिडियामा काँग्रेस सभापतिको नाम जोडेर कर्मचारी कुटिए भन्ने आएको थियो ।

सो समाचारमा सत्यता नभएको बरु यथार्थ कुरा समन्वय इकाईको कार्यालयमा काजमा काम गरिरहेका काली छत्याललाई कार्यालय प्रमुखले दिएको निर्देशन कार्यान्वयन गर्न नमान्दा आफुले हात समातेर काम गर्न भनेको रोकायाले स्पष्ट पारेका छन् ।

घटनाको शत्यता नबुझी सञ्चार माध्यामहरुले बङ्याएर समाचार प्रकाशन र प्रशारण गरेर सञ्चारक्षेत्रकै विस्वासनीयता माथि नै प्रश्न चिन्ह खडा गरेको रोकायाले जिकिर गरे ।

हुम्लाका संचारकर्मी माथि पछिल्लो समय केही आशा जागेको बेला पछिल्लो घटनाले राजनीतिक व्यक्तिको चरित्र हत्या गर्ने र सतही रुपमा बुझेर समाचार सम्प्रेषण गर्ने कार्य भएकाले उक्त कार्य प्रति सभापति रोकायाल खेद समेत व्यक्त गरेका छन् ।

एउटा कुनै पार्टीको हतियार बन्नु भन्दा पत्रकारिता पेशा छोडेर राजनीति प्रतिश्प्रर्धामा आउन समेत उनले संचारकर्मीलाई चुनौती दिएका छन् ।

हाल समन्वय इकाईमा काजमा खटिएका शिक्षक छत्याल विद्यालयमा कम उपस्थिती हुने शिक्षकका रुपमा रहेका छन् भने बर्षेनी जडिबुटीको ब्यापार पनि गर्दै आएका छन् ।

यस्ता शिक्षकलाई कार्बाही गर्नु भन्दा इकाईले राजनीतिक आडमा काजमा राखेको सभापति रोकायाको आरोप छ । घटनाका सम्बन्धमा शिक्षक छत्यालसंग बुझ्न खोज्दा ९८४८३१६४३१ नम्बर मोबाईल स्वीच अफ गरेर राखिएको छ । आफुले कुटाई खाएको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् ।

काँग्रेसले निकाल्यो विज्ञप्ती
आफ्ना पार्टी सभापति जयपति रोकायाको नाम जोडर शिक्षक काली छत्याल कुटिएको समाचार सार्वजनिक भएपछि नेपाली काँग्रेसले एक विज्ञप्ती निकालेर सभापति रोकायाले शिक्षक छत्याल माथि कुनै हातपात नगरेको बरु शिक्षा समन्वय इकाई प्रमुख बर्ख बहादुर फडेरालाई दिएको निर्देशन नमानेकोले हात समातेर काम गर्न लगाएको बिषयलाई कुटपिट भनेर समाचार बङ्ग्याईनु खेद जनक कार्य भएको उल्लेख गर्दै मिडियालाई सम्बेदनशिल बन्न समेत विज्ञप्तीमा आग्रह गरिएको छ । हुम्लामा हुने विकृति र विसंगति बाहिर ल्याउनु पर्नेमा उल्टै समस्याका बारेमा बुझ्न गएका पार्टी सभापति रोकाया माथि नगरिएको आरोपलाई बढाई चढाई गर्नु खेदजनक कार्य भएको समेत विज्ञप्तीमा उल्लेख छ ।

प्रशासनले आइतबार बोलायो बैठक
यही बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा परेको उजुरी माथि छलफल गर्न जिल्ला प्रशासन कार्यालयले आईतबार बिहान ११ बजे तीनै पक्षलाई छलफलमा बोलाएको छ । बैठकमा कुटाई खाएको उजुरी दिने पक्ष काली छत्याल, उजुरीमा शिक्षकलाई कुट्ने भनेर आरोप लगाइएका काँग्रेस सभापति जयपति रोकाया र जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतलाई बोलाएर छलफल गर्ने सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिएका छन् ।

Loading...