९ साउन, काठमाडौं । गत असार २६ गतेयता आएको अविरल वर्षाका कारण १ सय ८ जनाको ज्यान गएको, ३३ जना वेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापाले उनीहरुको राहत तथा उद्धारका लागि तीनै तहको सुरक्षा निकायको समेत उचित परिचालन गरिएको बताए। बाढी, पहिरो र डुबान पीडितको राहत, […]
मुख्य समाचार
बोरिस जोनसन बने बेलायतको नयाँ प्रधानमन्त्री
९ साउन, एजेन्सी । बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री चुनिएका छन् । सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले बेलायतको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका हुन् । बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गरेका थिए । त्यसक्रममा आफूलाई महारानीले नयाँ सरकार गठन […]
फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना
९ साउन, एजेन्सी । व्यक्तिका गोपनीयता हिनामिना गरेको आरोपमा सामाजिक सञ्जाल फेसबुकलाई हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना गरिएको छ । अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी०का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण रहने छैन। एफटीसीले राजनीतिक परामर्शदाता […]
नगर प्रमुखको रीसले चक्काजाम गर्ने २ वडाध्यक्षसहित ६ पक्राउ
खोटाङ,८ साउन । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष […]
अब गाउँगाउँमा विद्युतीय भुक्तानी सेवा बढाउन मौद्रिक नीतिले ल्यायो यस्तो व्यवस्था
काठमाडौं, ८ साउन । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको छ । अब नगद कारोबारलाई क्रमशः घटाउँदै लगेर विद्युतीय भुक्तानीलाई बढावा दिने नीतिमा उल्लेख छ । विद्युतीय भुक्तानीको सेवा बढाउनका लागि राष्ट्र बैंकले आधुनिक प्रविधि तथा पूर्वाधारहरुको विकास गर्ने जनाएको छ । नयाँ मौद्रिक नीतिमा भनिएको छ, “डिजिटाइजेशन र फिनटेकको उपयोग बढाई […]
नयाँ मौद्रिक नीतिः लघुवित्तमा पनि किन खुकुलो बने गभर्नर नेपाल ?
काठमाडौं, ८ साउन । लघुवित्तको सम्बन्धमा कडा धारणा राख्दै आएका गभर्नर चिरञ्जीवी नेपालले लघुबित्तको मर्जर र प्राप्तिका सम्बन्धमा भने खुकुलो नीति अवलम्वन गरेका छन् । बुधवार सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिमा लघुवित्तको मर्जर र प्राप्तिमा सामान्य सहुलियत मात्र व्यवस्था गरिएको छ । नयाँ नीतिमा लघुबित्तका सम्बन्धमा कडा नीति आउने अनुमान गरिएको थियो । तर, त्यसविपरित […]
अलमल र ढुलमुले मौद्रिक नीतिः न बम्पर अफर, न फोर्स मर्जर
काठमाडौं, ८ साउन । बैंक तथा वित्तीय संस्थालाई मर्जरका लागि बम्पर अफर ल्याउने भनेको राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा त्यस्तो कुनै विशेष अफर समावेश गरेको पाइएको छैन । बुधवार राजधानीको लाजिम्पाटमा रहेको पाँचतारे होटल ¥याडिसनमा विशेष साजसज्जाका साथ गरिएको मञ्चबाट ल्याइएको नयाँ मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान उत्प्रेरित मात्र गरिएको […]
लमजुङमा मध्य दिउसो एकाएक भीषण बाढी आउँदा १६ जना बगे, २८ मजदुर सुरुङमै थुनिए
लमजुङ, ८ साउन । लमजुङको दोर्दी खोलामा भीषण बाढी आउँदा ठूलो धनजनको क्षति भएको छ । बुधवार दिउसो ४ बजेतिर आएको बाढीले निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु र जलविद्युतका सामानहरु बगाएको छ । बाढी आउँदा भागेर ज्यान जोगाएका मजदुर अमर बस्नेतले बज्रगुरु जलविद्युत आयोजनाको इनलेटमा रहेका १६ जना मजदुरलाई बाढीले बगाएको भाग्दै गर्दा ननस्टप […]
एक जोर जुत्ताकै मूल्य चार करोड ८० लाख !
८ साउन, एजेन्सी । एक जोर जुत्तालाई कतिसम्म पर्ला ? केही सय, हजार या लाख ? तर, नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो। सन् १९७२ को नाइकी […]
कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने प्रधानमन्त्रीको स्पष्टोक्ति
८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने स्पष्ट पारेका छन् । सरकारलाई असफल बनाउन ट्रेड युनियन खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको दाबी गर्दै ओलीले भ्रममा नपर्न सबैसँग आग्रह गरे । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्न बालुवाटार पुगेका आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले […]











