आमाको दाहसंस्कार गर्दै गर्दा बगेर छोराको मृत्यु

दाङ, ३० बैशाख । आमाको दाहसंस्कार गर्न पुगेका एक व्यक्ति नदीमा बग्दा मृत्यु भएकाे छ । दाङकाे राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको नदीमा बगेर मृत्यु भएको हो। घर्ती आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका थिए । लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको कमलपित्त रोगका कारण मृत्यु भएकाे र उनकै दाहसंस्कारका […]

तेस्रो त्रैमासिकमा बैंकहरूको नाफा ४६ अर्ब

काठमाडौं, ३० बैशाख । नेपालका बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ठूलाे नाफा अार्जन गरेका छन् । सबै बैंकहरुकाे नाफा यस त्रैमासिकमा ४६ अर्ब पुगेकाे छ । ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको यो अवधिमा गरेको नाफा यसै आवको दोस्रो त्रैमास (कात्तिकदेखि पुससम्म) भन्दा ४८.१८ प्रतिशतले बढी छ । ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको […]

बारामा समातिए आइपिएलका तीन खुंखार सट्टेवाज

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा जुवा खेलाउने तीन जना खुंखार व्यक्ति बाराकाे कलैयामा पक्राउ परेका छन् । भारतमा आईतबार राती समापन भएको अाइपीएलकाे फाइनलमा हारजीतको जुवा खेलाउने र खेल्ने तीनजनालाइृ शनिबार कलैयामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराले भारतमा चलिरहेको आइपिएल क्रिकेट म्याचमा कलैयाका केही मानिसहरुले खेलमा रकम […]

पेप गार्डिवलाको म्यानचेस्टर सिटी बन्यो लगातार दोस्रो सिजन प्रिमियर लिग च्याम्पियन

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलकाे उपाधि म्यानचेस्टर सिटीले जितेकाे छ । पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले लगातार दोस्रो सिजन पनि याे लिगको उपाधि जितेको हाे । आइतबार राति भएको सिजनको अन्तिम खेलमा सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि हात पारेकाे हाे । सिजनकाे याे अन्तिम खेल नै उसका लागि निकै महत्वपूर्ण बन्यो […]

चेन्नईलाई पराजित गर्दै मुम्बई इन्डियन्स बन्यो आइपिएलको विजेता

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटकाे १२ औँ संस्करणकाे उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति हैदराबादमा भएको फाइनलमा मेहन्द्र सिंह धोनी कप्तानीको टिम चेन्नई सुपर किंग्सलाई एक रनले पराजित गर्दै रोहित शर्मा कप्तान रहेको मुम्बई इन्डियन्सले उपाधि हात पारेको हो । मुम्बईले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा […]

सरकारले प्रेस स्वतन्त्रतामाथि ‘कू’ गर्न खोजेको कांग्रेसको आरोप

काठमाडौं, २९ बैशाख । सरकारले प्रेस स्वतन्त्रतामाथि कू गर्ने उद्देश्यका साथ मिडिया काउन्सील सम्बन्धी विधेयक ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेसले लामो समयपछि आफ्नै केन्द्रीय कार्यालयमा पत्रकारहरु बोलाएर मिडिया कानुनका बारेमा बोलेको हो । आइतबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘यो […]

तीनवर्षदेखि नबढेको कर्मचारीको तलब एकैचोटी ह्वात्तै बढाउने अर्थमन्त्रीको यस्तो छ तयारी

काठमाडौं, २९ बैशाख । सरकारले नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी गरेको छ। अर्थमन्त्रालय स्राेतका अनुसार सरकारले नयाँ आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले ल्याउन लागेकाे नयाँ बजेटमा कर्मचारीको तलब बढाउने तयारी गरेको हो। अर्थ मन्त्रालय स्राेतले कर्मचारीले हाल खाइपाइ आएकाे मासिक तलबमा १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको ननस्टपखबरलाइ […]

दैलेख केन्द्रबिन्दु भएको शक्तिशाली भुकम्पको धक्का

काठमाडाैं । पश्चिम नेपालको दैलेख लाई केन्द्र विन्दु वनाएर मध्यरातीमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपालको मुख्य गरेर दैलेख, सुर्खेत लगायतका आसपासका जिल्लाहरुमा भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको त्याहाका स्थानिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनाएका छन् । राती १२:३६ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको दैलेखको माथिल्लो ढुङ्गेश्वरमा वसोवास गर्ने स्थानिय टिकाराम वस्नेतले जानकारी […]

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा गोविन्दप्रसाद ढकाल

काठमाडाैं । डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालको अध्यक्षमा गोविन्दप्रसाद ढकाल चयन भएका छन्। एसाेसिएसनको तेह्रौं वार्षिक साधारणसभाले उनलाई सर्वसम्मत चयन गरेको हो। ढकालको अध्यक्षतामा ११ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको एसाेसिएसनले जनाएकाे छ। समितिको प्रथम उपाध्यक्षमा प्रद्युमन पोखरेल, द्वितीय उपाध्यक्षमा रेशम बहादुर थापा, महासचिवमा मनोज कुमार ज्ञवाली, सचिव प्रदिप कुमार श्रेष्ठ र कोषाध्यक्षमा सुयोग श्रेष्ठ रहेका छन्। […]

याक एण्ड यति होटलमा रहस्यमय प्रशिक्षण दिइरहेका १२ भारतीय पक्राउ

काठमाडौ । अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेकाे आराेपमा राजधानीस्थित याक एण्ड यति होटलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र राजश्व विभागकाे टोलीले नेटवर्किङ व्यवसायमा स‌लग्न रहेकाे सूचनाका आधारमा छापा मार्दा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे । उनीहरुले दुबई मुख्य कार्यालय रहेकाे नेटवर्किङ कम्पनीकाे भारतकाे लखनउमा शाखा कार्यालय […]