नगरपालिकाको गाडीमा मध्यराती आगजनी

अछाम, १ जेठ । मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेको छ । अज्ञात समूहले नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा राती २ बजेर २० मिनेट तिर आगजनी गरेको जनाइएको छ । आगलागीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ । नगरपालिका कार्यालय परिसरमै रखिएको उक्त गाडीमा मध्यराति आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका […]

२३औं पटक सगरमाथा चुचुरो चढेर कामीरिताले तोडे विश्व रेकर्ड

काठमाडाैं । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा सबैभन्दा बढी चढेर कीर्तिमान कायम गरेका कामीरिता शेर्पाले अाफ्नै रेकर्ड ताेडेका छन् । शेर्पाले याे सिजनमा २३ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा चुचुराेमा पाइला टेकेको सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। ४९ […]

आफैले पालेको गोरुले हानेर विष्णुप्रसादको मृत्यु

काठमाडाैं । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा गोरुले आक्रमण […]

अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुने अर्थमन्त्रीको खुलासा

काठमाडौ, ३१ बैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुँदै आएको बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण […]

ग्यारेजमा राखिएका २ बस आगो लागेर ध्वस्त

काठमाडौ, ३१ बैशाख । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो । आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी भएको […]

बाटो बनाउदै यो सिजनको पहिलो टोली पुग्यो सगरमाथा चुचुरो

काठमाडौँ, ३१ बैशाख । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा यस सिजन पहिलाेपटक ८ जना नेपाली उक्लिन सफल भएका छन् । ८ जना हाई-अल्टिच्यूट गाइडले बाटाे छिचाेल्दै सगरमाथामा चढेपछि अब यस सिजनका लागि अरु अाराेहीहरुका लागि बाटाे खुलेकाे छ । सगरमाथा आधारशिविरमा रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले मंगलवार १ बजेर ४५ मिनेटमा चुचुरोमा ८ जना […]

हावाहुरीसँगै परेको चट्याङले लियो एक महिलाको ज्यान

विराटनगर, ३१ बैशाख । गएराति हावाहुरीसँगै चट्यांग पर्दा मोरंग जिल्लाको रतुवामाई नगरपालिका ४ स्थित कटघरामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता एवं डीएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार राति हावाहुरीसँगै परेको चट्यांग लागेर ५० वर्षीया सन्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो। मध्यरात करिब १ बजे परेको चट्यांगका कारण सिंहका परिवार सदस्य ५० […]

आज मेघगर्जनसहित पानी र हिमपात पर्ने महाशाखाको जानकारी

काठमाडाै‌, ३१ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली भएको जनाएको छ। अाज मंगलबार दिउँसोतिर देशका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ। आगामी तीन दिनसम्म हावाहुरी, मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको र दुई दिनसम्म उच्च हिमाली भेगमा हिमपातको पनि सम्भावना […]

जनयुद्धको भर्याङ, काशी पुग्न कुतीतिर हिडेका प्रचण्ड र बाटो भत्काएका बाबुराम

क्रान्ति उत्तर हैन प्रश्न हो –जाँन हालवे ‘जनयुद्ध’ का अगुवा अर्थात् प्रथम प्रहरमा मैले भेटेका प्रचण्ड (२०३७) र बाबुरामहरू (२०४७) अहिले जस्तै थिएनन्। शारीरिक आवरण एउटै भए पनि आदर्श, भूमिका, सपना र प्रतिबद्धता भने आकाश-जमिन झैं फरक थियो र छ। कुनै बेला समग्र पार्टीकै अभिभावक भएका उनीहरू कालान्तरमा आफ्नै निजत्व, परिवार र घेरामा कैद हुँदै […]

बुद्धलाई मार्न खोज्ने डाँकु अंगुलीमार र नेपाली राजनीति

गौतम बुद्धले छलकपट चोरीलाइ निरुत्साहित पार्ने ज्ञान बाँडेपछि एकदिन डाँकु अंगुलीमार गौतम बुद्धलाई मार्न आएछन् । चेलाहरुले बुद्धलाई खबर गरेछन, ‘तपाईंलाई मार्न भनेर एउटा डाँकु आएको छ के गरौ ?’ गौतम बुद्धले भनेछन, ‘म कहाँ पठाइदेउ ।’ डाँकु बुद्धको नजिकै पुगेछन । बुद्धले डाँकुलाइ सोधेछन, ‘किन आयौं ?’ डाँकुले उत्तर दिएछ, ‘म तपाईंलाई मार्न आएको […]