मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान

विराटनगर, १५ साउन । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन–२०७५ लाई प्रदेशसभामा पेश गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा […]

बाँके निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्दो

धम्बोझी, १५ साउन । आर्थिक वर्ष २०७५÷७६ मा १६० पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् ।निकुञ्जभित्र रहेका प्राकृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १६० पर्यटक आएका हुन् । तीमध्ये १२ जना विदेशी पर्यटक छन् । उनीहरुबाट रु एक करोड चार लाख ४९ हजार ९८२ राजश्व सङ्कलन भएकोे निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी […]

धेरै चर्चापछि बल्ल भए योगेश पर्यटनमन्त्रीमा नियुक्त

काठमाडौं, १५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भएका छन् । दिउसो ४ बजे भट्टराईले राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको सपथ लिएका हुन् । गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्यु भएपछि पर्यटन मन्त्रालय मन्त्रीविहीन रहेको थियो […]

काठमाडौं विश्वविद्यालयमा चरम अनियमिता, नियमविपरित असिसटेन्ट प्रोफेसरको नियुक्ति

काठमाडौं, १५ साउन । काठमाडौँ विश्वबिद्यालयका पदाधिकारीहरुले आफ्नो पदको दुरुपयोग गर्दै प्रोफेसरहरु नियुक्त गर्ने गरेको थाहा भएको छ । विश्वविद्यालयको नियम मिचेर आफ्नो पदीय अधिकारको दुरुपयोग गर्दै उपकुलपति रामकण्ठ माकाजु, रजिस्ट्रार सुबोध शर्मा र स्कूल अफ आर्ट्सका डिन सागर शर्माले मिलेमतोमा यस्ता काम गर्ने गरेका हुन् । नियम विपरित उनीहरुको मिलेमतोमा अपारदर्शी तरिकाबाट स्कूल अफ […]

संरक्षण गरिँदै स्थानीय जातका कुखुरा

बेझाड, १५ साउन । पाल्पाको माथागढी गाउँपालिकाले स्थानीय जातको कुखुरा संरक्षण अभियान थालेको छ । बजारमा स्थानीय जातको कुखुराको माग बढ्दै गएपछि कृषकको आर्थिकस्तर उकास्न संरक्षण अभियान थालेको हो । आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाले स्थानीय कुखुरा संरक्षण अभियान कार्यक्रमअन्तर्गत रु चार लाख रकम विनियोजन गरेको छ । स्थानीय जातका कुखुरा पाल्न इच्छुक कृषकलाई कुखुराको […]

निःशुल्क जापानी मेकअप

चिप्लेढुङ्गा, १५ साउन । पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए । बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्क मेकअप ।’ सबै व्यस्त थिए, महानगर […]

अझै अन्योलमा कुलेखानी तेस्रो

हेटौँडा, १५ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अझै अन्योलमा रहेको छ । विगत ११ वर्षदेखि निर्माणाधीन रहेको आयोजनाको असार मसान्तबाट परीक्षण उत्पादन शुरु हुने भनिए पनि निर्माणको ठेक्का पाएको चीनको जेजियाङ जियालिङ कम्पनीले आवश्यक प्राविधिक समयमै नल्याउँदा परीक्षण उत्पादन अन्योलमा परेको हो । आयोजना प्रमुख सुवास मिश्रको […]

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

जुम्ला, १५ साउन । केही दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोट जिल्लाको कालेखोलामा पहिरो गएर सडक अवरुद्ध भएको थियो । अवरुद्ध कर्णाली राजमार्ग आज बिहान ११ः३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए। उनले भने, “अहिले साना गाडीको आवागमन सुचारु भएको ।” अझै सडकमा रहेको पहिरो पन्छाउने […]

भृकुटीको जग्गा उद्योगबाहेकलाई बिक्री गर्न नपाइने

चितवन, १५ साउन । गैँडाकोटमा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडको नाममा रहेको जमीन उद्योगबाहेकका प्रयोजनका लागि बिक्री वितरण गर्न नपाइने उद्योग विभागले जनाएको छ । सरकारसँग जे प्रयोजनका लागि निजी क्षेत्रले खरीद गरेको हो सो बाहेकका क्षेत्रमा प्रयोग गर्न नपाउने भएको हो । विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जनताको जमीन सरकारले अधिग्रहण गरेर उद्योग […]

प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ; ओली

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारलाई […]