अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

जुम्ला, १५ साउन । केही दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोट जिल्लाको कालेखोलामा पहिरो गएर सडक अवरुद्ध भएको थियो । अवरुद्ध कर्णाली राजमार्ग आज बिहान ११ः३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए।

उनले भने, “अहिले साना गाडीको आवागमन सुचारु भएको ।” अझै सडकमा रहेको पहिरो पन्छाउने काम जारी रहेको जनाइएको छ । दुई दिनदेखि सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु अलपत्र परेका थिए ।

Loading...