काठमाडौं, ७ भदौ । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले […]
मुख्य समाचार
शिक्षक बन्न अब परीक्षामा ५० अंक ल्याउनुपर्ने
काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न अब ५० प्रतिशत अंक ल्याउनुपर्ने भएको छ । यस अघि ४० अंक ल्याउने उत्तीर्ण हुने व्यवस्था थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली १० औँ संशोधन गर्दै शिक्षकको उत्तीर्णांक परिवर्तन गरेको बताए । शिक्षक प्रतिस्पर्धा बढाउन र योग्य […]
शिक्षामा क्रान्तिको आवस्यकता : मन्त्री पोखरेल, लाइसेन्सको उतीर्णाङ्क बढाइयो
ललितपुर, ७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा र सिकाइ स्तर सुधारका लागि शैक्षिक क्रान्ति आवश्यक भएको बताएका छन् । शनिवार मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ को उद्घाटन गर्दै उनले शिक्षाको वर्तमान अवस्थालाई रुपान्तरण गर्नका लागि क्रान्तिको आवश्यकता औल्याएका हुन् […]
पतिको हत्या गराउन सुपारी दिएकी पत्नीलाई खोज्दै प्रहरी
बलिउड सिनेमाकै शैलीमा मान्छे मार्न सुपारी दिने कुराले पछिल्लो समयमा समाजलाई नराम्ररी सताएको छ । भक्तपुरमा एक छोरीले आफ्नै आमालाई यसरी नै हत्या गराएको कुरा सेलाउन नपाउदै महोत्तरीमा यस्तै एक घटना बाहिर आएको छ । महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधी लाई सुपारी दिएको अनुसन्धान बाट खुलेको हो । उनले साढे ४ […]
लोप हुँदै कुटानी पिसानीका रैथाने प्रविधि
गलेश्वर, ७ भदौ । नेपाली ग्रामीण क्षेत्रमा प्राचीनकालदेखि नै अन्न कुटानी पिसानीका लागि प्रयोग हुँदै आएका परम्परागत रैथाने प्रविधि हिजोआज लोप हुँदै गएका छन् । आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण म्याग्दीको ग्रामीण क्षेत्रमा पनि त्यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन् । परम्परागतरूपमा प्रयोग गरिँदै आएका घरेलु यन्त्र हराउँदै गएपछि हिमाली जिल्ला […]
लमही–कोइलावास जोड्ने राप्ती नदीको पुल जीर्ण
तुलसीपुर, ७ भदौ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । समयमै पुल मर्मत नहुँदा पुलको अधिकांश ठाउँको कालोपत्र उप्किएको छ । पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया लागेका छन् । यसले आवतजावतमा समस्या हुने गरेको स्थानीय भीम ओलीले बताए । “पुलबीचमा खाल्डाखुल्डी छन्, यसले आवतजावतमा […]
मानिसको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप चित्रबाट देखाउँदै थारु समुदाय
कञ्चनपुर, ७ भदौ । कञ्चनपुरका थारू समुदायका अधिकांश घरमा अष्टिम्की (जन्मअष्टमी) का अवसरमा चित्र बनाउने हतारो छ । कसैले परम्परागत तरिकाले तयार गरेको रङ र कसैले बजारबाट खरीद गरेर ल्याएको रङ प्रयोग गरी चित्र बनाउन व्यस्त छन् । विशेषगरी व्रतालु महिला चित्र बनाउँदैमा बेफुर्सदिला बनेका छन् । थारू समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव […]
रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँताइँदै
काठमाडौँ, ७ भदौ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । कम्पनीमा हाल न्यून जनशक्ति छन् । ती पनि रेलसम्बन्धी ज्ञान र […]
अर्ना र बाह्रसिङ्गेको ठाउँ विस्तार गरी सङ्ख्या थपिने
चितवन, ७ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले रु एक करोड बजेट […]
शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, यसरी हेर्न सकिन्छ
भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन सकिने आयोगले जनाएको छ । साथै, बैंक राजश्व रकम नबुझाउने उम्मेदवारको प्रवेशपत्र हेर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ […]










