सेती नदीले वैशाख महीनायता सातको ज्यान लियो

डोटी, ८ भदौ । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी […]

महासङ्घमा सिसीटिभी जडान

बलेवा, ८ भदौ । अज्ञात समूहले नवनिर्मित भवनमा शृङ्खलाबद्ध आक्रमण गरेपछि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले क्लोज सर्किट टेलिभिजन सिसीटिभी जडान गरेको छ । घटनाको विषयमा सुरक्षा संयन्त्रलाई जानकारी गराएलगत्तै महासङ्घले आक्रमणकारीको पहिचानका लागि सिसीटिभी जडान गरेको हो । भवनमा अज्ञात समूहले गरेको तोडफोड घटनाको तत्काल अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको र […]

पोखरा विश्वविद्यालयमा नमूना युवा संसद्

पोखरा, ८ भदौ । पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडौँको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद् अभ्यास गरिएको छ ।गण्डकी प्रदेशका लागि प्रभावकारी पर्यटन नीति र कार्यक्रमहरूमा संसदीय प्रस्ताव विषयक नमूना संसद्मा पोखरा क्षेत्रका ११ महाविद्यालय तथा कलेजमा अध्ययनरत ३२ महिला र २४ पुरुष गरी जम्मा ५६ […]

आत्महत्यालाईकसरी  निरुत्साहित गर्ने ?

दाङ, ८ भदौ । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा ।आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो […]

यसरी गरिदैछ गाउँ गाउँमा निःशुल्क इन्टरनेट विस्तार

काठमाडौं, ८ भदौ । तनहँुको व्यास नगरपालिका–३ मा निःशुल्क इन्टरनेट विस्तार गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाका केही टोलमा निःशुल्क इन्टरनेटको सेवा विस्तार गरिएको हो । यसअघि अनशनलाइनमा मात्र रहेको निःशुल्क इन्टरनेटको सुविधा आजदेखि पराशरटोल, निमचोक र सिर्जनाटोलमा सुविधा विस्तार गरिएको वडासदस्य रविन पौडेलले जानकारी दिए । पौडेलका अनुसार वल्र्डलिङ्क कम्युनिकेशन प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत […]

‘भेइकल ट्रयाकिङ सिस्टम’मा जोडिए २७ हजार व्यवसायी

काठमाडौँ, ८ भदौ । राजश्व चुहावट रोक्न सरकारले प्रविधिको प्रयोग गरी मालसामान ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गराउने कार्य गत साउनदेखि लागू ग¥यो । उक्त प्रणालीलाई ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ भनिन्छ । व्यवसायीले एक ठाउँबाट अर्काे स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण विभागको केन्द्रीय […]

नलगाडमा डिपिआरको काम गर्ने मजदुरले पाएनन् ज्याला

जाजरकोट, ८ भदौ । नलगाड हाइड्राेपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन् । निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन् । दुई महीनादेखि […]

एकाबिहानै घरको आँगनमै आएको पाटेबाघको आक्रमणमा एकको मृत्यु

राजापुर, ८ भदौ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ […]

हरित प्रदेश अभियान शुरु

सप्तरी, ८ भदौ । प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा शनिबारदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ वटै जिल्लामा वृक्षरोपण शुरु गरेको हो । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा शनिबार […]

अब कक्षाकोठामा नै पूरा संसार अटाउँने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले पुरानो सिकाउने शैली बदल्नुपर्ने बताएका छन् । कक्षाकोठामा शिक्षकले हिजो मात्रै पढाउँदा शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै पौडेलले अब आज र भोलि पढाउनुपर्ने बताए । शनिवार शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’को […]