तेमालबाट शुरु भयो विद्युतीय चुल्होको यात्रा

काठमाडौँ, ८ भदौ । चालु आवको अन्त्यसम्म नेपालको केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने प्रक्षेपण सरकारले गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा प्रणालीमा कूल एक हजार ३२५ मेगावाट विद्युत् थप भएको जनाएको सरकारले चालु आवको अन्तयसम्म करीब सोही क्षमतामा विद्युत् थप हुने भएपछि विद्युत् उपभोग बढाउन नयाँ […]

सगरमाथा संवाद समितिको बैठक

काठमाडौँ, ८ भदौ । नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान घोषणापछि प्राप्त राजनीतिक स्थायित्व तथा यहाँ उपलब्ध लगानीका अथाह अवसरबारे विश्व समुदायलाई जानकारी दिने उद्देश्यले आगामी फागुनमा आयोजना गरिने ‘सगरमाथा संवाद’ आयोजक समितिको पहिलो बैठक परराष्ट्र मन्त्रालयमा आज सम्पन्न भयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा भएको उक्त बैठकले आगामी शुक्रबार ‘सगरमाथा संवाद सञ्चालक समिति’ र […]

रोजगारदताले मन खुम्च्याउन जरुरी छैन: मन्त्री विष्ट

काठमाडौँ, ८ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताए ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सानो रकमको योगदानबाट रोजगारदाता सधैँ चिन्तामुक्त हुने बताए । “सानो रकम योगदान गर्दा रोजगारदाताले ठूलो जोखिम व्यहोर्नु पर्दैन”, मन्त्री […]

जर्मनीमा गैसस सम्मेलन हुँदै

काठमाडौँ, ८ भदौ । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका […]

भक्तपुरमा आइतवार २ युवक मृत भेटिए

मध्यपुर थिमी नगरपालिका वडा नम्बर–७ मा एकाविहानै एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । धुन्चेपाखास्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय युवक अन्दाजी २५ वर्षिय अविशेक श्रेष्ठको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष कृष्ण कुमार प्रजापतिले पुष्टि गरेका छन् । घरको आफू सुत्ने कोठामा उनी मृत फेला परेका […]

संविधान कार्यान्वयनमा दलहरु एकजुट हुनुपर्छ:सांसद

काठमाडौँ, ८ भदौँ । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमालाका बारेमा सरकारको ध्यानाकर्षण गराए । आजको बैठकमा उनले भने “पूर्वराजाका छोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ की छैन रु बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किदैन । […]

भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन: सञ्चार मन्त्री

अर्घाखाँची, ८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन्  । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताए ।उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य […]

लामिछानेसहित तीनजनाको अनुसन्धान सकि जिल्ला सरकारी वकिल कार्यालयमा पेश

चितवन, ८ भदौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिनु भएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम […]

प्राकृतिक चिकित्सालय ‘तातोपानी कुण्ड’ जोखिममा

गलेश्वर, ८ भदौ । प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भेलबाढी र नदी कटानको जोखिममा तातोपानी कुण्ड पर्दैै गएको हो । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजारमा […]

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ, ८ भदौ । उपचारको सिलसिलामा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका उनमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने […]