शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, यसरी हेर्न सकिन्छ

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ ।

आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन सकिने आयोगले जनाएको छ ।

साथै, बैंक राजश्व रकम नबुझाउने उम्मेदवारको प्रवेशपत्र हेर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ ।

अनलाइनबाट परीक्षा फारम भरेकामध्ये ईमेलमा कन्फरमेसन प्राप्त गर्न नसकेका अधिकांश उम्मेदवारहरुको विवरण संशोधन गर्ने र बैंक कारोवार संकेत नम्बर सवमीट गर्ने कार्य सकिएको समेत आयोगले जनाएको छ ।

त्यसक्रममा कतिपयको विवरण खाली देखिएकाले उनीहरुले आफ्नो पुरा विवरण भरेपछि मात्रै प्रवेशपत्र हेर्न सक्ने समेत आयोगले स्पष्ट पारेको छ ।

साथै, आयोगमा निवेदन र भौचर पठाउने उम्मेदवारहरुको युजरनेम यथावत राखिएको र पासवर्ड परिवर्तन गरी फारम भर्दा उल्लेख गरिएको मोवाइल नम्बर कायम गरिएको समेत आयोगले जनाएको छ ।

कसरी हेर्ने प्रवेश पत्र ?

१. आयोगको वेवसाइट  http://tsc.gov.np खोली दायाँ छेउमा चम्किरहेको अनलाइन एप्लीकेशन लेखिएको ठाउँमा (क्लिक)दबाउने

२. त्यसपछि एउटा नयाँ पेज खुल्छ । त्यहाँ तल आइडी र पासवर्ड राख्ने ठाउँ छ । त्यहाँ एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र लेखेको ठाउँमा (क्लिक) गर्ने ।

३. अनि प्रवेशपत्र देख्न सकिन्छ ।

प्रवेशपत्र नदेखिएमा के गर्ने

१. यदि प्रवेश पत्र नदेखिएमा आयोगमा जानकारी गराउनुपर्नेछ । किनभने बैंक राजश्व रकम नबुझाउने उम्मेदवारको प्रवेशपत्र हेर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ ।

२. फारम भर्दा कतिपयको विवरण खाली देखिएकाले आफ्नो पुरा विवरण भरेपछि मात्रै प्रवेशपत्र हेर्न मिल्ने आयोगले स्पष्ट पारेको छ ।

साथै, आयोगमा निवेदन र भौचर पठाउने उम्मेदवारहरुको युजरनेम यथावत राखिएको र पासवर्ड परिवर्तन गरी फारम भर्दा उल्लेख गरिएको मोवाइल नम्बर कायम गरिएको समेत आयोगले जनाएको छ ।

विवरण गलत भएमा कसरी सच्याउने ?

१. शिक्षक लाइसेन्स विज्ञापनको शर्त बमोजिम फारममा विवरण नभरेका र तोकिएको राजश्व रकम नबुझाउनेको प्रवेश पत्र नदेखिने र देखिएपनि पूर्ण नदेखिने वा अस्वीकृत हुने आयोगले जनाएकोछ । यसो भएमा फारम अस्वीकृत नहुनुपर्ने प्रमाण कागजातहरु(बैंक भौचरसमेत) सहितको विवरण सच्याउन आयोगमा निवेदन पठाउनु र्ने छ ।

२. नाम, थर, जन्ममिति, जिल्ला र ठेगाना नमिलेको भए नागरिकता, वि.नं. र नमिलेको भए ट्रान्सक्रिप्टको स्क्यान कपी सहितका कागजातहरु आयोगमा पठाउनुपर्नेछ ।

३. केही उम्मेदवारहरुको अनलाइन फारम भर्न चाहेको जिल्ला छनोट नभएको वा जिल्ला खाली रहेको र कतिपय उम्मेदवारहरुले परीक्षा दिन नपाइने विषयमा फारम भरेको पाइएको छ । पूर्व विज्ञापनको शर्तबमोजिम जिल्लाको नाम भर्न र विषय परिवर्तन गर्नका लागि बैंकको भौचर, ट्रान्सक्रिप्ट समेत राखी आयोगमा इमेलमार्फत निवेदन दिनुपर्नेछ । अन्यथा फारम अस्वीकृत हुने आयोगले जनाएको छ ।

प्रवेशपत्र हेर्दा देखिने आफ्नो विवरण फरक परेमा बैंक भौचर र आवश्यक कागजातहरु(पार्सपोर्ट साइजको फोटो र दस्तखत अनिवार्य जेपिजी फर्मेटमा) संलग्न गरी ३ दिन भित्र आयोगको इमेल [email protected] मा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

 

Loading...