शिक्षामा क्रान्तिको आवस्यकता : मन्त्री पोखरेल, लाइसेन्सको उतीर्णाङ्क बढाइयो

ललितपुर, ७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा र सिकाइ स्तर सुधारका लागि शैक्षिक क्रान्ति आवश्यक भएको बताएका छन् ।

शनिवार मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ को उद्घाटन गर्दै उनले शिक्षाको वर्तमान अवस्थालाई रुपान्तरण गर्नका लागि क्रान्तिको आवश्यकता औल्याएका हुन् ।

विद्यालय तहको शिक्षाको गुणस्तर सुधार गर्न नसकिएको स्वीकार गर्दै मन्त्री पोखरेलले शिक्षाले मात्र देशले लिएको सुखी नेपाली र समृद्ध नेपालको अभियान पुरा हुन् सक्नेमा जोड दिए । त्यसका लागि २०७६ देखि २०८५ साल सम्मलाई ‘सामुदायिक विद्यालय सवलिकरण’ वर्ष घोषणा गरिएको उनको भनाइ छ ।

आफू सार्वजनिक विद्यालयको पक्षपाती भएपनि निजी र सहकारीद्वारा संचालित विद्यालयको पनि संरक्षक रहेको उनले आस्वस्त पारे ।

निजी विद्यालय छात्रबृत्ती दिन कन्जुस्याई गर्न नहुनेमा जोड दिंदै उनले विद्यार्थी संख्याको आधारमा १० देखि १५ प्रतिसत छात्रबृत्ती दिन कानुनी व्यवस्था भएकोले सबैले त्यसको पालना गर्नुगराउनु पर्ने बताए ।

शिक्षकबाट शिक्षाको सुधार हुन् सक्ने भन्दै अब्बल व्यक्तिले शिक्षण पेशा रोज्ने अवस्थाको सिर्जना गर्न आफू लागिपरेको उनको जिकिर छ । मन्त्री पोखरेलले शिक्षक बन्न अनिवार्य लाइसेन्समा अझ कडाइ गरिएको समेत खुलासा गरे । उनले अब शिक्षा लाइसेन्स उतीर्ण गर्न अनिवार्य रुपमा ५० नम्बर ल्याउनुपर्ने व्यवस्था गरिएको खुलासा गरेका हुन् ।

अस्थायी शिक्षक लाई आन्तरीक परीक्षामा स्थायी गरिएको र विस्थापितलाई गोल्डेन ह्यान्डसेकद्वारा विदाई गरिएको बताउदैअस्थायी शिक्षकलाई सरकारले न्यायपूर्ण तरीकाले व्यवस्थापन गरेको उनको जिकिर छ ।

उक्त अवसरमा सचिव खगराज बरालले आफूले सानोमा गाउने खै खोला सुक्योकै शैलीमा मन्त्रालयले गुणस्तरीय शिक्षाका लागि गरेका कार्यको प्रतिफल नआएको भन्दै गुनासो गरे । मन्त्रालयले अनेकै प्रयास गरेपनि कक्षा कोठामा सिकाइको शैली सुध्रन नसक्दा लगानी खेर गएको उनको गुनासो छ ।

उक्त कार्यक्रमको अध्यक्षता गरेका शिक्षा तथा मानव श्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले कक्षा कोठालाई संसारमा पुर्याउन नसके पनि संसारलाई ककह्स कोठामा ल्याउने उदेश्यले अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन गरिएको जिकिर गरे । उनले सम्मेलनमा छिमेकी चीन, भारत, बंगलादेश देखि सिंगापुर र अमेरिका सम्मका शिक्षाविद्हरुले सिकाइ विधि सिकाउने जानकारी गराएका थिए ।

उक्त उद्घाटन कार्यक्रममा रातो बंगला फाउन्डेसनकी शान्ता दीक्षित, युरेपिय युनियनकी राजदूत लगायतले सम्मेलनले सकारात्मक परिवर्तन ल्याउने बिश्वास व्यक्त गरे । सम्मेलनमा ७० कार्याशाला र स्वदेशी र विदेशी गरी ८० भन्दा बढी कार्यपत्र प्रस्तुति रहने र विद्यार्थीलाई घोकाउन छाडेर काम गर्दै सिक्ने वातावरण निर्माणमा सम्मेलन कोशेढुंगा बन्ने बताइएको छ । सम्मेलनमा देशका ५० जिल्लाका ३ सय बढी  विद्यालयका शिक्षकहरुको सहभागिता रहेको बताइएको छ । 

हेर्नुस् सम्बोधन

blob:https://www.facebook.com/e0a66885-a237-4d91-8c4c-b0938e38a6b4

Loading...