निजी क्षेत्रको लगानि नारायणीमा सानो पानीजहाज सञ्चालन

काठमाडौं, १४ असोज । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज पानीजहाज सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज सानो पानीजहाज सञ्चालन गरेको छ । रङ्गमहल रिभर ल्यान्ड प्रा.लि.ले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दशैँको फूलपातीबाट गरिने प्रा.लि.का अध्यक्ष रमन भट्टराईले जानकारी दिए । […]

नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

काठमाडौँ, १४ असोज । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औँ मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को मुख्यालय मन्ट्रियलमा आज […]

किन भयो शिक्षक लाइसेन्स परीक्षा विवादित ? हिस्टुनको बहिस्कारदेखि परीक्षा रद्दसम्म

काठमाडौं । यो हप्ता शिक्षक सेवा आयोगले गरेको अध्यापन अनुमति पत्र (लाईसेन्स) विज्ञापनमा केही अनौठा घटनाहरु भएका छन् । एकतातिर सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेज गर्न भन्दै परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । अर्कोतर्फ प्रश्नपत्रसँगै उत्तर पुगेपछि आयोगले लाइसेन्स विज्ञापन नै खारेज गरेको छ । अदालतको आदेश सर्वोच्च अदालतले गएको […]

तालबाराही आरतीमा ४० हजारले गरे अवलोकन

चिप्लेढुङ्गा, १४ असोज । पर्यटकीय राजधानी पोखराको फेवाताल किनारमा माता तालबाराही सेवा समितिले गर्दै आएको सन्ध्या आरती कार्यक्रममा एक वर्षमा ४० हजार पर्यटकले अवलोकन गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको सङ्गीतमय महाआरती पुजन गत वर्ष असोज २४ गते घटस्थापनाका दिनबाट शुरु गरिएको हो । […]

ठूलो संख्यामा खरिदार पदका लागि करारमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौ, १४ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन-सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा […]

दुबइमा भयानक सडक दुर्घटनामा परी ६ नेपालीसहित ८ जनाको ज्यान गयो

दुबइमा एक भयानक सडक दुर्घटना परी ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको छ । एक यात्रुबाहक माइक्रोबस ठूलो लरीमा ठोक्किदा दुर्घटना भएको बताइएको छ । शारजाह पुग्नुअघि मिरदिफ सहरमा दुर्घटना भएको स्थानीय अनलाइन खालिज टाइम्सले जनाएको छ। शारजाहको दिशामा शेख मोहम्मद बिन जायद रोडमा स्थानीय समय अनुसार बिहान ४ .५४ बजे दुर्घटना भएको […]

फष्टाउँदै डोजर व्यवसाय

 डोटी, १३ असोज । जिल्लामा पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाउन थालेको छ । यहाँका प्रत्येक गाउँपालिकाले आआफ्ना ठाउँमा सडक यातायात पु¥याउने होडबाजी चलेपछि पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाएको स्थानीयवासी बताउँछन् । जिल्लाका विभिन्न स्थानीय तहमा अहिले सडक काट्ने नाममा स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी सडक मर्मत तथा कटिङको काम शुरु भैरहेको छ […]

दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती

काठमाडौँ, १३ असोज । बर्सेनी दशैँका बेला यात्रुलाई हावाई जहाजको टिकट पाउन सकस हुन्छ । वायु सेवा प्रदायक कम्पनीले दशैँ आउन एक महिना अघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्नेगरी भाडा असुल्ने गरेका छन् । महङ्गो टिकटसमेत पाउन यात्रुलाई मुश्किल हुन्छ […]

५० शहरमा टेलिकमको फोरजी सेवा

काठमाडौँ, १३ असोज । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न लागेको हो । कम्पनीले काठमाडौँमा […]

मुख्य मन्त्री समक्ष प्रतिवेदन प्रस्तुत

हेटौँडा, १३ असोज । प्रदेश ३ का मुख्यन्यायाधिवक्ता ओम थपलियाले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रदेशको ऐन, नियम, कार्यविधि आदिको विवरणसहितको प्रतिवेदन बुझाएका छन । मुख्यन्यायाधिवक्ता थपलियाले प्रदेश ३ को स्थापनादेखि हालसम्म प्रदेशअन्तर्गत तर्जुमा भएका र जारी भएका ऐन, नियम, कार्याविध तथा निर्देशिकाहरु र तर्जुमा हुन बाँकी ऐन, नियम, कार्यविधि तथा निर्देशिकाहरुको विवरणसहितको प्रतिवेदन बुझाएका हुन । […]