चितवन, १३ असोज । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि […]
मुख्य समाचार
चार हजार पाँच सय किमी सडक निर्माण हुने: मन्त्री पण्डित
विराटनगर, १३ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताए । विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक कक्षको उद्घाटन कार्यक्रममा उनले उक्त […]
सत्तारुढ नेकपाका कार्यकर्ताले गरे कांग्रेस नेता रिजालमाथि ढुंगामुढा, बाटोमा रुख ढालेर तीन घन्टा थुनियो
तनहुँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालमाथि ढुंगामुढा प्रहार भएको छ । तनहुँको एक स्थानीय निकायको कार्यालय भवन उदघाटनका लागि गएका कांग्रेस नेता रिजालमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले ढुंगामुढा प्रहार गरेका हुन । कार्यक्रम स्थलमा जाँदै गर्दा उनीमाथि ढुंगामुढा प्रहार भए पनि उनलाई नलागेको बताइएको छ । यसैबीच नेपाली कांग्रेसका नेता रामचन्द्र […]
ज्ञानेन्द्रमाथि भएको आक्रमणका विरुद्ध उत्रिए रवि लामिछाने
काठमाडौं, १२ असोज । चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने चितवनमा भएको घटनाका विरुद्धा उत्रिएका छन् । शनिवार चितवनको चौबीसकोठीमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि भएको सांघातिक आक्रमणका विरुद्ध पत्रकार लामिछाने उत्रिएका हुन् । लामिछानेले ज्ञानेन्द्रमाथिको आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको भद्दा मजाक भएको बताएका छन् । उनले संविधानले हरेक नागरिकलाई बोल्न पाउने स्वतन्त्रता दिइएको भए पनि […]
बेइजिङलगायत शहरमा उडान भर्दै हिमालय एयरलाइन्स
काठमाडौँ, १२ असोज । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ । चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो । […]
शिक्षक लाइसेन्सको परीक्षा रद्द, अर्को परीक्षा कहिले ?
भक्तपुर । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ । शिक्षक सेवा आयोगले बस्तुगत प्रश्नको मात्रै कार्तिक २३ गते परीक्षा गर्ने गरी यसअघिको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । शुक्रवारको अंग्रेजी विषयको परीक्षामा बस्तुगत प्रश्नतर्फ क,ख,ग,घ मध्ये घ सेटमा उत्तरमा गाढा भएर […]
कस्मेटिक्सको मापदण्ड निर्धारण
काठमाडौँ, १२ असोज । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौंन्दर्य प्रशाधन कस्मेटिक्स को लागि मापदण्ड तोकेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषदको १०१ औँ बैठकले नेपालमा आयात, उत्पादन, बिक्री वितरण एवं प्रयोग हुँदै आएका विभिन्न सौन्दर्य प्रशाधनहरुको मापदण्डलाई पारित […]
नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गरिने
काठमाडौँ, १२ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताएका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा उनले मुलुकको यातायात क्षेत्रको सुधारमा सबैको समान दायित्व र जिम्मेवारी रहेको बताए । “वर्तमान सरकार ट्राफिक सुधारका लागि सचेत छ तर […]
मिथिलाञ्चलमा झिझिया नृत्य शुरु
धनुषा, १२ असोज । मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आज घटस्थापनादेखि शुरु भएको छ । घटस्थापनाका दिनदेखि दशैँसम्म प्रदर्शन गरिने यो अनुष्ठान महिलाद्वारा नै सञ्चालन, संयोजन र नृत्य प्रस्तुत गरिन्छ । लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा, धामी–झाँक्रीको विचार र मन्थनबाट बोक्सीको जादुटुनाको प्रतिकारस्वरूप मैथिली समाजको यो लोकनृत्य विकसित गरी बनाइएको […]
दशैँको पहिलो दिन आज घर घरमा जमरा राखिँदै
काठमाडौँ, १२ असोज । बडादशैं आजबाट सुरु भएको छ । दशैँको पहिलो दिन आज घर घरमा जमरा राखेर घटस्थापना गरिँदैछ । आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने प्रचलन छ । घटस्थापनाको साइत आज बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा।डा। […]











