प्रधानमन्त्रीको टोली असफल भएको भन्दै सचिवालयका सबैलाइ राजिनामा दिन प्रम ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा ठूलो समस्या सुरू भएको छ । पटक पटक समस्या देखिन थालेपछि प्रम ओलीले आफ्नो सचिवालयमा रहेका सबैलाइ राजिनामा दिन निर्देशन दिएका छन ।

प्रधानमन्त्रीले सचिवालय सुधार गर्नका लागि अभियान थालेको बताइएको छ । स्रोतका अनुसार प्रमले राजिनामा दिन भनेपछि केही सचिवालयका सदस्यले राजिनामा पनि दिएका छन ।

प्रम ओलीले पहिलो चरण आफ्नो सचिवालयलाइ परिवर्तन गरेपछि दोस्रो चरण मन्त्रिपरिषदमा पनि हेरफेर गर्ने तयारी गरेको स्रोतको दावी छ । सचिवालयका कर्मचारीको काम गर्ने शैली चुस्त नभए र उल्टै प्रधानमन्त्रीलाइ नै विवादमा पार्ने काम गर्न थालेपछि उनी यस्तो निर्णयमा पुगेको स्रोतको दावी छ ।

प्रधानमन्त्रीले सचिवालयका सबै कर्मचारी र सहयोगीलाई एक महिनाभित्र राजीनामा दिन निर्देशन दिएका छन । प्रमले सचिवालयमा रहेका पार्टीका कार्यकर्ता मात्र नभइ सचिवालयमा रहेका निजामती कर्मचारी समेत सबैलाई सचिवालय छाड्न निर्देशन दिएका छन । प्रधानमन्त्री ओलीले यो टीमलाइ हटाएर नयाँ टीम बनाउन चाहेका छन ।

स्रोतका अनुसार प्रम ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालसहितको टोलीले पनि छोड्न लागेका छन् । उनको टोलीमा सबैभन्दा बढि रिमालले नै प्रमलाइ विवादित बनाएको दावी प्रम निकटका नेताहरूको भनाइ छ । उनले धेरै ठाउँमा प्रधानमन्त्रीले भन्नुभएको छ भन्दै आफै कामहरू गराउने गर्न थालेको स्रोतको दावी छ ।

त्यसैगरी प्रमका प्रेस सल्लाहकार कुन्दन अर्याल पनि चपेटामा परेका छन । उनले राजिनामा नै बुझाइसकेको स्रोतको दाबी छ । सचिवालयका अहिले रहेका राजेश बज्राचार्य र चेतन अधिकारीले पनि निरन्तरता पाउने बुझिएको छ । उनीहरू बाहेक बाँकी सबै परिवर्तन हुने स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले सचिवालय फेरबदल गरेपछि मन्त्रिपरिषदमा पनि हेरफेर गर्ने गृहकार्य सुरू गरिसकेका छन् ।

Loading...